तनहुँको डुम्रे टोल बिकास संस्थाले ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोनाका कारण आम नागरिकलाई समेत अकालमै मृत्यू हुनबाट जोगाउने उदेश्यले विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । संस्थाले यस अघि ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे र नेपाल पत्रकार महासंघ तनहुँको समन्वयमा शनिबार र आईतबार संकलन गरिएको १९ वटा खाली सिलिन्डर भरिदिएको थियोे । अक्सिजन भर्नका लागि डुम्रेबजारका युवा ब्यावशायी दिनेश श्रेष्ठले निशुल्क गाडीको ब्यवस्था गरिदिनु भएको थियो भने ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले पोखरामा रहेको कालिका ग्याँस कम्पनी मा समन्वय गरि सहयोग गरेको साथै सिलिन्डरका लागि आवश्यक पर्ने केही उपकरण र अक्सिजन नाप्ने केही थान स्वास्थ सामग्री पनि खरिद गरिदिएको डुम्रे टोल बिकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठले रेडियो बन्दिपुरलाई जानकारी दिनुभयो । बन्दिपुर अस्पताललाई १० थान प्रदान, पुरानडिहि सहरी स्वास्थ्य केन्द्रलाई १० थान सिलिण्डर प्रदान गरिंदै डुम्रे टोल बिकास संस्थाले भरिदिएको १९ थन सिलिण्डर र संकलन गरिएको ८ थान भरी सिलिण्डर मध्ये बन्दिपुर अस्पताललाई १० थान सिलिण्डर बुधबार प्रदान छ भने १० थान सिलिण्डर जिल्ला प्रशासन कार्यालयको समन्वयमा भानुको सेपा बगैंचामा रहेको पुरानडिहि सहरी स्वास्थ्य केन्द्रलाई प्रदान गरिन लागिएको हो । अन्य २ वटा खाली सिलिण्डर आज संकलन गरिएको र अन्य अक्सिजन भरिएको सिलिन्डरलाई जिल्ला प्रशासन कार्यालयको समन्वयमा अस्पताललाई आवश्यक परेको खण्डमा प्रहरी कै सक्रियतामा अस्पतालमा पुर्याईने ब्यवस्था गरिने ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिनुभयो ।
थप समाचार
-
ईदकै दिन लोकसेवा परीक्षा राखिएकोप्रति अन्सारीको आपत्ति, धार्मिक अधिकारको सम्मान गर्न सरकारलाई आग्रह
गोर्खा संसारMarch 21, 2026काठमाडौं । मुस्लिम समुदायको महान पर्व ईद उल फित्रकै दिन मधेश प्रदेश लोकसेवा आयोगले परीक्षा तय गरेको विषयलाई लिएर पूर्वगृह राज्यमन्त्री एवं नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मो.... -
दुई दिने रैथाने खाना महोत्सव सकियो
गोर्खा संसारMarch 17, 2026दुलेगौंडा, ३ चैत । शुक्लागण्डकीमा आयोजित रैथाने खाना महोत्सव–२०८२ सम्पन्न भयो । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्लागण्डकीले शुनपा–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्या... -
विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्ण ः राष्ट्रपति
गोर्खा संसारFebruary 4, 2026जापान ( टोकियो ) । राष्ट्रपति रामचन्द्र पाैडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गर्नुभएको छ । ज... -
राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र सम्मानित गर्दै सातौँ NCIFF समापन
गोर्खा संसारFebruary 2, 2026काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ) २०२६ काठमाडौँमा सम्पन्न भएको छ। माघ १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएक... -
नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न
गोर्खा संसारJanuary 18, 2026नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेशका प्... -
वर्डक्याम्प नेपाल २०२६: विरासत, प्रविधि र समुदायको एउटा ऐतिहासिक यात्रा
गोर्खा संसारDecember 29, 2025बुटवल, नेपा ल | नेपाली वर्डप्रेस समुदाय आगामी जनवरी २३ र २४ मा बुटवलको मनोरम मणिग्राम विश्राम बाटिकामा आयोजना हुने 'वर्डक्याम्प नेपाल २०२६' को भव्य तयारीमा जुटेको छ। १० नोभेम्बर २...
