Gorkha Sansar

पालुङटारकाे लिची ब्लक एरियामा १७ हाते ट्याक्टर सहित कृषि सामग्री बितरण

गाेरखा, बैशाख २९ गते

गाेरखाकाे पालुङटार नगरपालिकामा रहेकाे लिचि ब्लक एरियामा १७ हाते ट्याक्टर सहितका कृषि सामग्री बितरण गरिएकाे छ ।

नगरपालिकाकाे वडा नं. ६, ७ र ८ लाइ लिची ब्लक एरियाकाे रूपमा घाेषणा गरिएकाे छ । यसै एरियामा रहेर लिची खेती गरिरहेका लिची किसानहरूलाइ लक्षित गरी हरेक बर्ष कृषि सामग्री बितरण गर्ने गरिएकाे छ । यसै क्रममा हिजाे लिची किसानहरूमध्ये वडा नं. ६ मा २ वटा हाते ट्याक्टर, वडा नं. ७ मा ८ वटा हाते ट्याक्टर र वडा नं. ८ मा ७ वटा हाते ट्याक्टर बितरण गरिएकाे लिची ब्लकका अध्यक्ष भाेज बहादुर गुरूङले जानकारी दिनुभयाे । उक्त ट्याक्टर किसानहरूलाइ ५० प्रतिशत अनुदानमा बितरण गरिएकाे पनि अध्यक्ष गुरूङले बताउनुभयाे । उहँाका अनुसार ७ हर्षपावरका रू.७०,००० पर्ने  उक्त ट्याक्टरहरू किसानहरूलाइ रू३५,००० मा बितरण गरिएकाे छ ।

त्यस्तै गरी वडा नं. ६ मा एउटा, वडा नं. ७मा ५ वटा र वडा नं. ८ मा ५ वटा प्लाष्टिक पाेखरी बितरणकाे पनि तयारी भइरहेकाे अध्यक्ष गुरूङले बताउनुभयाे । प्लाष्टिक पाेखरीका लागि भने ८५ प्रतिशत अनुदानमा कृषकहरूलाइ बितरण गरिने बताइएकाे छ ।

यस अघि नै कृषकहरूलाइ अावश्यक पर्ने डिजिटल काँटा, कराैंती, सिकेचर लगायतका सामग्रीहरू बितरण गरिसकिएकाे छ । यस क्षेत्रबाट हरेक बर्ष कराेडाैंकाे लिची बाहिरिने गर्दछ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.