तनहुँको डुम्रे बजार क्षेत्रबाट २५ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ । ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे तनहुँ र पत्रकार महासंघ तनहुँको समन्वयमा डुम्रे बजार क्षेत्रबाट ८ वटा भरी सिलिण्डर र १७ वटा खाली अक्सिजन सिलिन्डर संकलन गरेको हो । प्रहरी र पत्रकारको टोलीले डुम्रे बजार क्षेत्रका विभिन्न मेटल कम्पनी, इञ्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास बेल्डिङ तथा अन्य कम्पनीसँग रहेका सिलिण्डर कोरोना संक्रमित विरामीको उपचारार्थ विभिन्न अस्पतालमा पठाउने गरी संकलन गरिएको । ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो । कोभिड–१९ संक्रमितका लागि अक्सिजनको अभाव भइरहेको समयमा विभिन्न कम्पनी तथा ग्यारेजमा रहेका अक्सिजन सिलिण्डर संकलन गरेको उहाँले बताउनु भयो । संकलन गरिएको भरी सिलिण्डरलाई जिल्ला प्रशासन कार्यालयको सिफारिसका आधारमा अस्पतालमा लगिने छ भने खाली सिलिण्डरलाई नेपाल पत्रकार महासंघको पहलमा मनकारी शुभेच्छुकहरुको आर्थिक सहयोगमा भर्ने ब्यवस्था मिलाईने महासंघका जिल्ला अध्यक्ष उज्जल पौडेलले बताउनु भयो ।
थप समाचार
-
भानुमा निःशुल्क आँखा शिबिरको प्रभाव: १५०० को जाँच, ११० जनाले पाए नयाँ दृष्टि
गोर्खा संसारApril 2, 2026भानु (तनहुँ), चैत १६ — भानु नगरपालिकामा सञ्चालित चार दिने निःशुल्क आँखा शिबिरले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। शिबिरमा १५०० भन्दा बढी नागरिकको आँखा परीक्षण गरिएको छ भने ११० जनाको... -
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ सेवा विस्तारसँगै बिरामीको चाप बढ्दो
गोर्खा संसारMarch 30, 2026दाङ — विशेषज्ञ सेवा विस्तारसँगै Rapti Academy of Health Sciences मा उपचारका लागि आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ। प्रतिष्ठानमा दैनिक करिब एक हजार बिरामी उपचारका लागि पु... -
काठमाडौंमा ‘जिरो वेस्ट एक्सिबिशन २०२६’ आयोजना हुँदै
गोर्खा संसारMarch 30, 2026काठमाडौं, चैत १४ — अन्तर्राष्ट्रिय शून्य फोहोर दिवसको अवसर पारेर काठमाडौंमा ‘जिरो वेस्ट एक्सिबिशन २०२६’ आयोजना हुने भएको छ। सर्कुलर अर्थतन्त्रको अवधारणालाई प्रवर्द्धन गर्ने उद्देश्... -
बन्दीपुर–केशवटारमा ‘होमस्टे सर्किट’ अभियान सुरु: ग्रामीण पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य
गोर्खा संसारMarch 29, 2026चैत १४, बन्दीपुर। तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाले ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘होमस्टे सर्किट प्रवर्द्धन’ कार्यक्रम सुरु गरेका छन्। शनि... -
नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस भब्यताका साथ सम्पन्न
गोर्खा संसारMarch 24, 2026काठमाडौं । नेपाल मेडिकल कलेजले विश्व मुख स्वास्थ्य दिवसकाे अवसरमा विविध सचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कलेजका बीडीएस १२औँ ब्याचका विद्यार्थीहरूको आयोजनामा भएक... -
ईदकै दिन लोकसेवा परीक्षा राखिएकोप्रति अन्सारीको आपत्ति, धार्मिक अधिकारको सम्मान गर्न सरकारलाई आग्रह
गोर्खा संसारMarch 21, 2026काठमाडौं । मुस्लिम समुदायको महान पर्व ईद उल फित्रकै दिन मधेश प्रदेश लोकसेवा आयोगले परीक्षा तय गरेको विषयलाई लिएर पूर्वगृह राज्यमन्त्री एवं नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मो....
