Gorkha Sansar

एम्बुलेन्सले बिरामी र कुरूवा बाहेक अरू बाेक्न नपाउने, बिज्ञप्तिसहित

गोरखा २४, बैशाख । गोरखामा जिल्ला भित्र नोबल कोरोना भाइरस (कोभिड–१९) का बिरामीहरु दिन दिनै बढी रहेको अवस्थामा बिरामीको वहानामा अरु मानिसले पनि एम्बुलेन्स प्रयोग गरेको पाइएपछि अबदेखि त्यस्ता एम्बुलेन्स र चालकलाई कडा कारवाही गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै एम्बुलेन्समा बिरामी र बिरामीको कुरुवा बाहेक एम्बुलेन्समा अन्य कुनै व्यक्ति सवार भएको पाईएमा संक्रमण ऐन अन्तरर्गत कारवाही गरिने जनाएको छ ।

केही दिन यतादेखि बिरामी, बिरामीको कुरुवा बाहेक पनि अन्य ब्यत्तिलाई हालेर जिल्ला बाहिर र जिल्ला भित्र आउ जाउन गर्न थालेको भन्दै त्यस्तो गरेको पाईएमा सम्वन्धीत एम्बुलेन्स सञ्चालक, चालक तथा सवार हुने यात्रुहरुलाई संक्रमण रोग ऐन २०२० बमोजिम कैद तथा जरिवाना गरिने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

देशको धेरै जसो जिल्लामा निषेधाज्ञा लागू भएसंगै जिल्ला भित्रने र बाहिरीने व्यक्तिहरुले एम्बुलेन्स चालकलाई पैसाको प्रलोभन पारेर यात्रा गर्दै आएको गुनासो बढेको छ । त्यही गुनासोका आधारमा चेकजाँचका क्रममा केही चालकहरुले त्यस्तो कार्य गरेको समेत पाइएकोले कार्यालयले सूचना जारी गर्दै अब आइन्दा त्यस्तो कार्य गरेको थाहा पाएमा कारवाही गरिने जनाएको हो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.