गोरखा – दरौंदी नदीमा भएको नदीजन्य वस्तु उत्खननले परम्परागत कुलो मासिने जोखिम बढेको भन्दै बेनीखोला र छेवेटारका किसानले उत्खनन रोकेका छन् । दरौंदी नदीको बेनीखोलाघाट र बोहोरोबेसी क्षेत्रमा नदीजन्य वस्तु उत्खननका लागि गोरखा नगरपालिकाले ठेक्का लगाएको छ । तर यस क्षेत्रमा नदीजन्य सामग्री झिक्दा नदी गहिरो हुने र कुलोको मुहानमाथि पर्दा समस्या देखिन थालेको किसानको भनाइ छ । यही कारण नदीजन्य सामग्री उत्खननको काम रोक्नुपरेको सुन्तले बोहोराबेसी कुलो उपभोक्ता समितिका अध्यक्ष कृष्णजी थापामगरले बताउनुभयो । गोरखा नगरपालिकाले पर्याप्त अध्ययन विनै दरौंदी नदीमा ढुङ्गा, बालुवा उत्खननको ठेक्का लगाउँदा किसानले वर्षौँदेखि प्रयोग गर्दै आएको कुलो मासिने जोखिम बढेको उहाँको भनाइ छ । बेनीखोला नजिकैको कुलोको मुहानभन्दा नदी झण्डै ६ फिट गहिरो भएको छ । हरेक वर्ष हिउँदयाममा खेतमा सिँचाइका लागि कुलो चलाउने गरिए पनि यस वर्ष नदी गहिरो भएकाले किसानले झण्डै एक लाख रुपैयाँ खर्च गरेर कुलो चलाएका छन् । त्यस कुलोको पानी गोरखा नगरपालिका वडा नम्बर ५ र १० का पाँच सय ७७ घरधुरी किसानले उपभोग गर्दै आएका छन् । त्यही कुलोको पानीले सुन्तले र बोहोराबेसी फाँटको झण्डै पाँच हजार बिघा जग्गामा सिँचाइ हुने गरेको छ ।बर्सेनि नदी गहिरो हुँदै जाँदा कुलो सञ्चालनमा समस्या पर्दै गएको अध्यक्ष थापामगरले बताउनुभयो । गोरखा नगरपालिकाले बेनीखोला घाटमा नदीजन्य सामग्री उत्खननको ठेक्का युनिक निर्माण सेवालाई दिएको छ । यस वर्ष १० लाख ९३ हजार क्युफिट नदीजन्य सामग्री उत्खननको ठेक्का लागेको गोरखा नगरपालिकाले जनाएको छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनका आधारमा यस ठाउँमा उत्खननको ठेक्का लगाइएको नगरपालिकाका प्राविधिकहरुको भनाइ छ । तर किसानले भने यस ठाउँमा नदीजन्य सामग्री उत्खनन नगराउन नगरपालिकालाई विभिन्न चरणमा ध्यानाकर्षण गराइएको बताएका छन् ।ujyalo
थप समाचार
-
नेपाल आयल निगमद्वारा पेट्रोल २०२ र डिजेल १८२ रुपैयाँ, इन्धन मूल्यमा १५ रुपैयाँ वृद्धि
गोर्खा संसारApril 3, 2026काठमाडौं / नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँका दरले वृद्धि गरेको छ । निगमका अनुसार नयाँ मूल्य चैत २० गते मध्यरातदेखि लागू भएको छ । नयाँ मू... -
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै सीमित गर्ने निर्णयप्रति लोक सञ्चारकर्मीको कडा आपत्ति
गोर्खा संसारApril 2, 2026गोरखा संसार / काठमाडौं — राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। संस्... -
“नयाँ जनादेशसँगै संसद् अधिवेशन सुरु: शीर्ष नेताको सम्बोधन, अध्यादेश प्रस्तुत र सभामुख निर्वाचनको प्रक्रिया अघि बढ्दै”
गोर्खा संसारApril 2, 2026काठमाडौं / संघीय संसद्को पहिलो अधिवेशन आजबाट सिंहदरबार स्थित निर्माणाधीन संसद् भवनमा औपचारिक रूपमा सुरु भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि नयाँ जनादेश... -
नरैनापुर गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न, ५ बुँदे प्रतिबद्धता घोषणा
गोर्खा संसारMarch 29, 2026नेपालगन्ज, चैत्र १५ — बाँकेको नरैनापुर गाउँपालिकामा चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। बास नेपालको सहजिकरणमा गाउँपालिकाको आयोज... -
बन्दीपुर–केशवटारमा ‘होमस्टे सर्किट’ अभियान सुरु: ग्रामीण पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य
गोर्खा संसारMarch 29, 2026चैत १४, बन्दीपुर। तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाले ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘होमस्टे सर्किट प्रवर्द्धन’ कार्यक्रम सुरु गरेका छन्। शनि... -
ईदकै दिन लोकसेवा परीक्षा राखिएकोप्रति अन्सारीको आपत्ति, धार्मिक अधिकारको सम्मान गर्न सरकारलाई आग्रह
गोर्खा संसारMarch 21, 2026काठमाडौं । मुस्लिम समुदायको महान पर्व ईद उल फित्रकै दिन मधेश प्रदेश लोकसेवा आयोगले परीक्षा तय गरेको विषयलाई लिएर पूर्वगृह राज्यमन्त्री एवं नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मो....
