Gorkha Sansar

जिल्ला प्रशासन कार्यालय तनहुँले होली नखेल्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

 

कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा देश जुटिरहेका बेला तथा देशमा पछिल्लो समयमा सङ्क्रमणको अवस्था सामान्य भएको भए पनि छिमेकी राष्ट्र भारत लगायतका  विभिन्न राष्ट्रहरूमा सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले सुरक्षित  रहनका लागी जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।

गृह मन्त्रालयको चैत ९ गते कोभिड–१९ बाट जोगिन अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्न, मास्क स्यानिटाइजर र नियमित प्रयोग गर्नुका साथै भेला, सभा सम्मेलन, पर्व जस्ता भिडभाड हुने प्रकृतिका  कार्यक्रम नगर्न निर्देशन दिएपछि उक्त निर्णय कार्यान्वयनका लागि आफूहरूले पनि सूचना जारी गरेको जिल्ला प्रशासन कार्यालय बझाङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो ।

साथै आउँदै गरेको होलीलाई मध्यनजर गरी सभा, भेला जस्ता कार्यक्रममा सहभागी नहुन प्रशासनले आग्रह गरेको छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो समय तनहुँमा सामान्य भए पनि तनहुँबाट रोजगारीको लागी भारत लगायत अन्य छिमेकी राष्ट्रहरूमा धेरै जसो मानिसहरू जाने भएकाले जोखिममा रहेको समेत बताइएको छ ।

साथै जिल्लामा कोभिडको अवस्था सामान्य भएपछि सुरु हुन लागेका उत्सव, मेला, होली लगायतका पर्वमा भेला नगर्न प्रशासनले अनुरोध गरेको छ ।

साथै उक्त सूचना विपरीतका कार्यहरू गरे गराएको पाइएमा सङ्क्रामक रोग ऐन बमोजिम कारबाही गरिने बताइएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.