Gorkha Sansar

नारी दिवसको अवसरमा पालुङटारमा “म नारी” नामक चेतनामुलक कार्यक्रम सम्पन्न

१११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पालुङटारमा “म नारी” नामक चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । पालुङटार नगरपालिकाको आयोजनामा बौद्ध हिमाल युवा क्लबले सह-आयोजना गरेकाे नगरस्तरीय कार्यक्रममा आमा समूह, युवा क्लब, विद्धलय लगायतका सामाजिक संस्थाहरुको सहभागिता थियो ।
नगर उपप्रमुख पम्फा बसेल प्रमुख अतिथिको रुपमा रहनु भएकाे कार्यक्रमको सभापतीत्व पालुङटार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम काराखेतीले गर्नुभएको थियो ।
कार्यक्रममा उपसथित सहभागि विभिन्न तीन स्थानबाट र्यालीमा आई कार्यक्रम स्थलमा पुगेको थिए । यत्रतत्र छारीएका सहभागीहरुलाई अचानक प्रस्तुत गरिएको फ्ल्यासमोबले केन्दिकृत गरेको थियो भने फ्ल्यासमोवमा नाच्दै गरेकी युवतीलाई तेजाब प्रहार गरेपछि नाटकमा परिणत भएको थियाे ।
भवानी माविका विद्यार्थीहरुले प्रस्तुत गरेकाे उक्त नाटकमा समाजमा विद्यमान आपराधिक क्रियाकलाप, महिला हिंसा, लैंगिक असमानता जस्ता विषय मार्फत चेतना दिइएको थियो ।
उक्त प्रस्तुती पछि औपचारिक रुपमा परिणत भएको
कार्यक्रममा विद्यालयहरू र आमा समूहहरूले संदेशमुलक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बाेल्दै नगर उप प्रमुख बसेलले सडक नाटक, गीत, कविता, नृत्य जस्ता प्रस्तुतीले सुसज्जित कार्यक्रमले आउने दिनमा महिला हिंसा न्यूनकरणमा अतुलनीय भूमिका खेल्ने बताउनु भयो ।
कार्यक्रममा अन्य वक्ताहरूले पहिलो पटक गरिएको यस प्रकारको कार्यक्रमले नारी प्रति समाजको दृष्टकोण बदलिने विश्वास गरिएका थिए ।
अघिल्ला बर्षमा भन्दा यसपालि फरक र प्रभावकारी ढंगले सही सन्देश दिने उद्देश्यले यस किसिमको कार्यक्रम गरिएको कार्यक्रम प्रस्तोता समेत रहेका बौद्ध हिमाल युवा क्लबका अध्यक्ष किरण गिरीले बताए ।sunaulopatrika

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.