Gorkha Sansar

विदेशमा उपचार गराउन आउँदा लज्जित

काठमाडौं,फागुन ९-

 मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरू!अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिॅदै गर्दा अत्यन्त लज्जित/दु:खित छु।२१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु!सामान्य नागरिकको के होला?
Quote Tweet

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि आज नयाँदिल्ली पुगेका छन् । आफ्नो उपचारअघि एउटा ट्विट लेख्दै उनले विदेशमा उपचार गराउन आउँदा लज्जित बनेको बताएका छन् ।

डा. भट्टराई लेख्छन्, ‘मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरु, अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिंदै गर्दा अत्यन्त लज्जित(दुखित छु । २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु । सामान्य नागरिकको के होला ?’ दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’ मा डा. भट्टराईको उपचार हुनेछ । उनीसँग पत्नी हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहेका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.