Gorkha Sansar

७दिने याेगशिबिरकाे उदघाटन

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ च्याङली मा ७ दिने याेग शिबिर उदघाटन सम्पन्न भएकाे छ । कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा बाेल्दै वडा नं ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले स्वस्थ जीवनकाे लागि याेग अाबश्यक भएकाे बताउनुभयाे । ब्रमकुमारी राजयाेग उपशाखा भन्सारकी सञचालिका ईरा भण्डारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्रमकुमारी बिश्वबिद्यालयकी सिर्जना बानियाँले स्वागत मन्तब्य राख्नुभएको थियाे । ब्रमकुमार राजकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा जिवन ज्याेति मा.वि. का शिक्षक कुमार ढकाल, च्याङली स्वास्थ्य चाैकीका प्रमुख भरतराज पाण्डे, गाेरखा संसार मिडिया प्रा.लि. का सञ्चालक रबिन्द्र कंडेल, याेग प्रशिक्षक भीमसेन कार्की लगायतकाले मन्तब्य राखेका थिए । अाजदेखि ७ दिनसम्म चल्ने याेगशिबिरमा राजयाेग स्वास्थ्य शिक्षा तथा बिबिध प्रकारका व्यायामहरू सिकाईने याेग गुरू कार्कीले बताउनुभयो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.