आँबुखैरेनी, ७ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिका–२, मार्किचोकमा आजदेखि आँबुखैरेनी रंगशाला कप सेभेन साईड नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । “सक्छौं त प्रेम गर सक्दैनौं घृणा पनि नगर” भन्ने मूल नाराका साथ मार्कीचोक युवा क्लबको आयोजनामा आँबु–२, मार्किचोक स्थित कुडुलेमा सो प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको एक समारोहकाबीच आँबुखैरेनी गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दैै उहाँले यस रंगशालालाई राष्ट्रिय स्तरको रंगशालाको रुपमा विकास गर्ने योजनाका साथ अगाडी बढ्दै गएको र भविष्यमा यस क्षेत्रबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गराउन रंगशालाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । मानिसका आधारभूत आवश्यक तत्व गास, बास, कपास जस्तै, स्वास्थ्यको लागि खेलकुद अति आवश्यक रहेको बताउनुहुँदै उपाध्यक्ष श्रेष्ठले खेल अवधिभर सम्पूर्ण खेलाडीहरुलाई अनुशासन पूर्वक फुटबल खेल्न आग्रह गर्नुभएको छ । क्लबका अध्यक्ष आदम गुरुङ्गको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, वडा नं. २ का वडाध्यक्ष कटक बहादुर थापा, लेखाअधिकृत टेकनाथ पराजुली, ईन्जिनियर पंकज चितौरे मगर, समाजसेवी बेल बहादुर गुरुङ्ग लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा लेखाअधिकृत टेकनाथ पराजुलीले प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैंया दिने घोषणा गर्नुभएको छ । फागुन १० गते सम्म चल्ने प्रतियोगिताको बिजेताले नगद रु. ५० हजार र उपबिजेताले नगद रु. २५ हजार प्राप्त गर्नेछ ।
थप समाचार
-
विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्ण ः राष्ट्रपति
गोर्खा संसारFebruary 4, 2026जापान ( टोकियो ) । राष्ट्रपति रामचन्द्र पाैडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गर्नुभएको छ । ज... -
राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र सम्मानित गर्दै सातौँ NCIFF समापन
गोर्खा संसारFebruary 2, 2026काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ) २०२६ काठमाडौँमा सम्पन्न भएको छ। माघ १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएक... -
नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न
गोर्खा संसारJanuary 18, 2026नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेशका प्... -
वर्डक्याम्प नेपाल २०२६: विरासत, प्रविधि र समुदायको एउटा ऐतिहासिक यात्रा
गोर्खा संसारDecember 29, 2025बुटवल, नेपा ल | नेपाली वर्डप्रेस समुदाय आगामी जनवरी २३ र २४ मा बुटवलको मनोरम मणिग्राम विश्राम बाटिकामा आयोजना हुने 'वर्डक्याम्प नेपाल २०२६' को भव्य तयारीमा जुटेको छ। १० नोभेम्बर २... -
फागुन २१ काे निर्वाचनका लागि ९ लाख १५ हजार मतदाता बढे, ७५ मतदान स्थल थप
गोर्खा संसारDecember 27, 2025पाैष १२ गते अागामी फागुन २१ हुने भनिएकाे निर्वाचनमा भाग लिने मतदाताकाे संख्या गत निर्वाचनकाे भन्दा ९ लाख १५ हजार जना बढेका छन् । निर्वाचन अायाेगले अाज एक विज्ञप्ति जारी गरी अन्ति... -
मर्स्याङदी उपत्यकाका शिक्षकहरूका लागि एक दिवसीय शिक्षामा क्रान्ति कार्यशाला सम्पन्न
गोर्खा संसारDecember 27, 2025पाैष १२ गते, गाेरखा । गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा अवस्थित अाेशाे कैलाश अाश्रम मा अाज मर्स्याङदी उपत्यकाका शिक्षकहरूका लागि शिक्षामा क्रान्ति अन्तर्गत एक दिवसीय रूपान...
