Gorkha Sansar

तनहुँकाे भानु नपामा नगर उद्योग बाणिज्य संघ गठन

तनहुँकाे भानु नपामा शनिबार नगर उद्योग बाणिज्य संघ गठन भएकाे छ ।
तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठको अध्यक्षतामा भएकाे कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले ब्यापारी ब्यवशायीहरु एकजुन हुन आबश्याक रहेकोमा जोड दिनु भयो । कार्यक्रममा उद्योग बाणिज्य संघ गण्डकी प्रदेश सदस्य मंगल प्रसाद श्रेष्ठ , तनहुँ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठ मिश्र, द्वितीय उपाध्यक्ष हरिबहादुर थापा, बन्दिपुर बाणिज्य संघका संसणथापक पूर्णबहादुर श्रेष्ठ , डुम्रे बजार ईकाइ सभापति नेक महम्मद मिया लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।
ब्यापारी ब्यवशायीकाे भेलाले कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय उद्योग बाणिज्य संघ भानु नगर कार्य समिति गठन गरिएकाे छ । प्रथम उपाध्यक्षमा राजन श्रेष्ट, द्वितिय उपाध्यक्षमा लाल कुमार श्रेष्ट, महासचिपमा कृष्ण चन्द्र कोईराला, सचिवमा मनिलाल श्रेष्ट, कोषाध्यक्षमा दिनेश विष्ट, सदस्यहरुमा उपेन्द्र तिवारी,नेत्रकुमार श्रेष्ट,सलिम सुल्तान,जुना श्रेष्ट,सिता अधिकारि,कुवेर खनाल,मिन राज न्यौपाने सर्वसम्मत चयन हुनु भएकाे नगर कार्य समितिले जनाएबाे छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.