Gorkha Sansar

नारायण खत्रीकाे अध्यक्षतामा ७५ सदस्यीय जनता समाजवादी पार्टी जिल्ला समन्वय समिति गठनसमिति चयन

समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी, नेपाल बिच जिल्ला स्तरीय पार्टी समायाेजन सहित जनता समाजवादी पार्टी, नेपाल जिल्ला समन्वय समितिकाे अाैपचारिक भेला समाजवादी पार्टी, नेपाल जिल्ला समन्वय समितिका अध्यक्ष नारायण खत्रीकाे अध्यक्षतामा तथा पूर्व राजपाका जिल्ला अध्यक्ष केशब परियार काे सन्चालनमा भएकाे कार्यक्रम उत्साहजनक रुपमा दुई पार्टीकाे समायाेजन भइ जनता समाजवादी पार्टी जिल्ला समन्वय समिति गाेरखा निर्माण गरि ७५ सदस्यीय समिति चयन साथ सुसम्पन्न भएकाे छ। जसकाे अध्यक्षमा नारायण खत्री, उपाध्यक्षहरु सुकदेव तामाङ, राजेन्द्र पराजुली, शान्ता न्याैपाने, सचिवमा विपिनचन्द्र ढकाल, सह- सचिवमा तेज बहादुर गुरुङ साथै काेषाध्यक्षमा मीन बहादुर बिश्वकर्मालाई चयन गरेकाे छ। यश कार्यक्रममा जनता समाजवादी पार्टी केन्द्रीय सदस्य तथा माननी सभासद हरिशरण अाचार्य, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्र कुमाल, गाेपालबाबू श्रेष्ठ, राेहिणी प्रसाद पाण्डे, अमृत अाचार्य साथै गण्डकी प्रदेश सदस्यहरु ज्याेति काेइराला, राजेन्द्र खनाल, रमेश पाेखरेल लगाएतकाे अातिथ्यता रहेकाे थियाे। उक्त कार्यक्रममा अतिथिहरुले समसामयिक राजनैतिक तथा पार्टीकाे अागामी कार्यभारमा हामी नेतृत्वकाे भूमिकाका सन्दर्भमा महत्वपूर्ण प्रशिक्षण मूलक शुभकामना मन्तव्य व्यक्त गर्नुभयाे।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.