समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी, नेपाल बिच जिल्ला स्तरीय पार्टी समायाेजन सहित जनता समाजवादी पार्टी, नेपाल जिल्ला समन्वय समितिकाे अाैपचारिक भेला समाजवादी पार्टी, नेपाल जिल्ला समन्वय समितिका अध्यक्ष नारायण खत्रीकाे अध्यक्षतामा तथा पूर्व राजपाका जिल्ला अध्यक्ष केशब परियार काे सन्चालनमा भएकाे कार्यक्रम उत्साहजनक रुपमा दुई पार्टीकाे समायाेजन भइ जनता समाजवादी पार्टी जिल्ला समन्वय समिति गाेरखा निर्माण गरि ७५ सदस्यीय समिति चयन साथ सुसम्पन्न भएकाे छ। जसकाे अध्यक्षमा नारायण खत्री, उपाध्यक्षहरु सुकदेव तामाङ, राजेन्द्र पराजुली, शान्ता न्याैपाने, सचिवमा विपिनचन्द्र ढकाल, सह- सचिवमा तेज बहादुर गुरुङ साथै काेषाध्यक्षमा मीन बहादुर बिश्वकर्मालाई चयन गरेकाे छ। यश कार्यक्रममा जनता समाजवादी पार्टी केन्द्रीय सदस्य तथा माननी सभासद हरिशरण अाचार्य, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्र कुमाल, गाेपालबाबू श्रेष्ठ, राेहिणी प्रसाद पाण्डे, अमृत अाचार्य साथै गण्डकी प्रदेश सदस्यहरु ज्याेति काेइराला, राजेन्द्र खनाल, रमेश पाेखरेल लगाएतकाे अातिथ्यता रहेकाे थियाे। उक्त कार्यक्रममा अतिथिहरुले समसामयिक राजनैतिक तथा पार्टीकाे अागामी कार्यभारमा हामी नेतृत्वकाे भूमिकाका सन्दर्भमा महत्वपूर्ण प्रशिक्षण मूलक शुभकामना मन्तव्य व्यक्त गर्नुभयाे।
थप समाचार
-
रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी ।
गोर्खा संसारMarch 6, 2026फागुन २२ गते लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’... -
गोरखा–२ को पहिलो आधिकारिक मतपरिणाम सार्वजनिक
गोर्खा संसारMarch 6, 2026गोरखा–२ को पहिलो आधिकारिक मतपरिणाम सार्वजनिक गोरखा–२ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सुरू भएसँगै पहिलो आधिकारिक मतपरिणाम सार्वजनिक भएको छ। गोरखा नगरपालिका–११ स्थित चन्द्रज्योती ... -
कुन कुन मतदान केन्द्रबाट रित्तै फर्किए कर्मचारी?
गोर्खा संसारMarch 6, 2026यस पटक कुनै निश्चित क्षेत्रका बासिन्दाले सामूहिक रूपमा चुनाव बहिष्कार गरेका घटना बढेका छन् । दाङ, दार्चुला, दोलखा र ओखलढुङ्गाका केही मतदान केन्द्रमा स्थानीय बासिन्दाले आफ्ना मागहरू... -
गोरखामा बाबुराम भट्टराई आवद्ध प्रलोपाले कांग्रेसलाई सघाउने
गोर्खा संसारMarch 1, 2026गोरखामा बाबुराम भट्टराई आवद्ध प्रलोपाले कांग्रेसलाई सघाउने गोरखाको दुवै निर्वाचन क्षेत्रमा डाक्टर बाबुराम भट्टराई आवद्ध प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)ले नेपाली कांग्रेसला... -
राजनीतिक दल तथा उम्मेदवारहरूलाई मानवअधिकार प्रत्याभूत गराउन आह्वान गर्दै १० बुँदे दस्तावेज सार्वजनिक
गोर्खा संसारFebruary 19, 2026आगामी फागुन २१ गते हुन गइरहेको नेपालको राष्ट्रिय निर्वाचनको सङ्घारमा एम्नेस्टी इन्टरनेसनलले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आफ्ना निर्वाचन प्रतिबद्धता तथा सुशासनसम्बन्धी प्राथमिकता... -
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय संसदमार्फत कानुन परिवर्तनको यात्रामा
गोर्खा संसारFebruary 8, 2026काठमाडौँ - समावेशिता, समानता र लोकतन्त्रको सुदृढ भविष्यका लागि दशकौँदेखि निरन्तर सङ्घर्ष गर्दै आएका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वा...
