आँबुखैरेनी, २५ माघ । लायन्स क्लव अफ आँबुखैरेनी सिटी र लियो क्लव अफ आँबुखैरेनी सिटीको आयोजनामा १ दिने निशुल्क दन्त शिविर सम्पन्न भएको छ । आँबुखैरेनी- १, सत्रसय स्थित आधारभुत प्राथमिक स्वास्थ्य केन्द्रमा भएको शिविरमा १ सय भन्दा धेरैले दन्त परिक्षण गराएका थिए। शिविरबाट रेफर भएका ४० जना बिरामीलाई ओम बिराज डेन्टल केयरले निशुल्क औषधी उपचार गर्ने डेन्टलका संचालक राजन ढकालले बताउनुभएको छ । वडा नम्बर १ का अध्यक्ष किसान थापाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा लायन्स क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष शिव खनाल, लियो क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष अमृत पण्डित लगायतको उपस्थिती थियो । उक्त शिविरमा आँबुखैरेनी र बन्दिपुर गाउँपालिकाले औषधी उपलब्ध गराएका थिए भने अन्य सहयोग ओमबिरामज डेन्टल केयरका संचालक राजन ढकाल र लायन्सका अध्यक्ष शिब खनालले गरेका थिए । शिविरमा ओम बिराज डेण्टल केयरका डाक्टर ओसिन थापाको नेतृत्वको प्राविधिक टिमले दन्त परिक्षण गरेको लियोका अध्यक्ष अमृत पण्डितले जानकारी दिनुभयो ।
थप समाचार
-
शिक्षकहरूका लागि योग, ध्यान तथा तनाव व्यवस्थापन सम्बन्धी चार दिवसीय तालिम सम्पन्न
गोर्खा संसारFebruary 11, 2026गोर्खा, माघ २८ गते गोर्खाको पालुङटार नगरपालिका मा शिक्षकहरूका लागि योगदान तथा तनाव व्यवस्थापन सम्बन्धी चार दिवसीय तालिम केन्द्रमा सम्पन्न भएको छ। पालुङटार नगरपालिका स्वास्थ्य शाखाक... -
आँबुखैरेनी योग तथा खुसी समाजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
गोर्खा संसारFebruary 7, 2026आँबुखैरेनी, २४ माघ । आँबुखैरेनी योग तथा खुसी समाज, आँबुखैरेनी तनहुँको दोस्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाइ समितिको सभाहलमा आय... -
विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्ण ः राष्ट्रपति
गोर्खा संसारFebruary 4, 2026जापान ( टोकियो ) । राष्ट्रपति रामचन्द्र पाैडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गर्नुभएको छ । ज... -
आँबुखैरेनीमा निःशुल्क आँखा शिविर सम्पन्न, ८९ जनाको मोतियाबिन्दु शल्यक्रिया
गोर्खा संसारFebruary 3, 2026आँबुखैरेनी (तनहुँ) — आँबुखैरेनी गाउँपालिकाद्वारा नेपाल नेत्रज्योति संघ तथा भरतपुर आँखा अस्पताल, चितवनको सहकार्यमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। २०८२ साल माघ १३... -
हरिहर महिला समूहको २६ औँ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न, सभापतिमा मुना श्रेष्ठ सर्वसम्मत
गोर्खा संसारFebruary 2, 2026माघ १९ तनहुँको डुम्रे बजारमा रहेको हरिहर महिला समूहको २६ औँ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन साेमबार सम्पन्न भएको छ। महिला समूहकी अध्यक्ष सरिता पियाको अध्यक्षतामा भएको सो अधिवे... -
राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र सम्मानित गर्दै सातौँ NCIFF समापन
गोर्खा संसारFebruary 2, 2026काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ) २०२६ काठमाडौँमा सम्पन्न भएको छ। माघ १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएक...
