Gorkha Sansar

पालुङटार -८, धुवाकाेटकाे स्यालडाँडाबाट शनिबार बेलुका बन्दुक बरामद

गाेरखा-पालुङटार ८ धुवाँकाेटकाे जंगलबाट १ थान भरूवा बन्दुक बरामद भएकाे छ।  अस्थायी प्रहरी चाैँकी बिरूवाटारको टाेेेेेलीले ‘एक थान एक नाले बन्दुक’ बरामद गरेको एक स्थानीयले बताए ।

पालुङटार नगरपालिका-८, धुवाकाेटक झांक्रास्थिथ मधुवन  सामुदायिक वन स्यालडाँडाबाट शनिबार २४ गतेका दिन प्रहरीले बन्दुक बरामद गरेको हो।

चोरी सिकारी गर्ने उद्देश्यले नचिनेका मानिसहरू हिँडिरहेको अवस्थामा च्याङलीबाट खटिएको प्रहरीकाे उक्त परिणामकाे हतियार बरामद गरेको हो।

सामुदायिक वनमा चाेरी तथा शिकारी गर्ने उद्देश्यले यस्ता खालका हातहतियार प्रयाेग हुने प्रहरीले अनुमान गरेकाे छ ।

चोरी सिकारी गर्ने उद्देश्यले नचिनेका मानिसहरू हिँडिरहेको अवस्थामा च्याङलीबाट खटिएकाे प्रहरीलाई देख्नासाथ उक्त हतियार छोडी फरार भएकाे प्रहरीले जनाएकाे छ । प्रहरीले हाल फरार भएकाहरूको खोजी गरिरहेको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.