लमजुङ र तनहुँका पत्रकारका लागि मानव अधिकार सम्बब्धी २ दिने तालिम प्रदान गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा सवैका लागि घरघरमा मानव अधिकार शान्ति र विकासको आधार भन्ने मुल नाराका साथ दुई जिल्लाका पत्रकारका लागि तालिम प्रदान गरिएको हो । तालिममा लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले मानव अधिकार, शुसासनका बारेमा लगायतका विषयमा जानकारी गराउनुभएको थियो । जिल्लामा मानव अधिकारको आवस्था, यसका गतिविधि लगायतका बारेमा जानकारी गराउनुभएको थियो ।कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका प्रमुख चन्द्रकान्त चापागाईले मानव अधिकारको परिचय दिदै मानव अधिकारको अवधारणाका बारेमा प्रस्ट्याउनुभएको थियो । उहाँले मानव अधिकारका विशेषताहरु, मानव अधिकार मूल्य र मान्यता, मानव अधिकारको राष्ट्रिय अवधारणा, मानव अधिकार व्यक्ति र स्थान, मानव अधिकार र राज्यको दायित्व, मानव अधिकारको प्रकार, सवै व्यक्ति तथा विशेष व्यक्तिलाई प्राप्त हुने अधिकार, अन्तराष्ट्रिय स्तरमा अधिकारको सुरुवात, राष्ट्रिय स्तरमा मौलिक अधिकारको रुपमा मानव अधिकारको सुरुवात, स्थानीय तहमा मानव अधिकार उल्लाङ्घन हुनसक्ने अवस्थाहरु लगायतका बारेमा प्रशिक्षण दिनुभएको थियो । राष्ट्रिय मानव अधिकार आयोग समन्वय माहाशाखाका रमेशकुमार थापाले मानव अधिकार सम्वन्धि प्रम्ख अन्तराष्ट्रिय माहासन्धी र राष्ट्रिय स्तरमा मानव अधिकार विकास क्रमका बारेमा जानकारी गराउनुभएको थियो । मानव अधिकार सम्बन्धि प्रमुख अन्तराष्ट्रिय महासन्धीमा भएका व्यवस्था, मानव अधिकार सम्बन्धि विश्वव्यापी घोषणपत्र १९४८ लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
थप समाचार
-
भानुमा दर्दनाक घटना: आमा र एक वर्षीय छोरा मृत अवस्थामा फेला
गोर्खा संसारApril 7, 2026भानु–तनहुँ, चैत २४ तनहुँको भानु नगरपालिका–६ पण्डिथरमा आमा र उनका एक वर्षीय छोरा मृत अवस्थामा फेला परेका छन्। स्थानीय राजु परियारकी २५ वर्षीया श्रीमती सरिता परियार घरबाट केही टाढा र... -
पत्रकारलाई फोटो/भिडियो खिच्न रोक: तनहुँ शाखाद्वारा कडा आपत्ति
गोर्खा संसारApril 7, 2026पत्रकारलाई फोटो/भिडियो खिच्न रोक: तनहुँ शाखाद्वारा कडा आपत्ति दमौली, २४ चैत । नेपाल पत्रकार महासंघ तनहुँ शाखाले सार्वजनिक कार्यक्रममा पत्रकारलाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको घ... -
दुईतिहाइको बहुमत र सभामुख अर्याल : संसद्लाई निष्पक्ष र प्रभावकारी बनाउने चुनौती
गोर्खा संसारApril 5, 2026काठमाडौं / जेनजी आन्दोलनले नेपालमा पुराना दलहरूको शासनसत्ता मात्र ढलेन, वर्षौंदेखि जकडिएको संसदीय समीकरण पनि फेरबदल गर्यो । गत फागुन २१ मा भएको चुनावले व्यवस्थापिका र कार्यपालिका द... -
बन्दीपुर–केशवटारमा ‘होमस्टे सर्किट’ अभियान सुरु: ग्रामीण पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य
गोर्खा संसारMarch 29, 2026चैत १४, बन्दीपुर। तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाले ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘होमस्टे सर्किट प्रवर्द्धन’ कार्यक्रम सुरु गरेका छन्। शनि... -
ईदकै दिन लोकसेवा परीक्षा राखिएकोप्रति अन्सारीको आपत्ति, धार्मिक अधिकारको सम्मान गर्न सरकारलाई आग्रह
गोर्खा संसारMarch 21, 2026काठमाडौं । मुस्लिम समुदायको महान पर्व ईद उल फित्रकै दिन मधेश प्रदेश लोकसेवा आयोगले परीक्षा तय गरेको विषयलाई लिएर पूर्वगृह राज्यमन्त्री एवं नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मो.... -
मर्जरपछि नयाँ कार्यदिशा सार्वजनिक गर्दै Khalti by IME ले पोखरामा एजेन्टसँग अन्तरक्रिया
Bijay KumalFebruary 14, 2026शनिबार, फागुन २ गते २०८२ मा Khalti by IME ले पोखराको शृजना चोकस्थित White House Party Palace मा “Agent अन्तरक्रिया” कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा १७० भन्दा बढी एजेन्टहरूको...