Gorkha Sansar

प्रथम याङ्गसिङ्ग कालिका कप फागुन २३ गते देखि हुने

प्रथम याङ्गसिङ्ग कालिका कप फागुन २३ गते देखि हुने
याङ्गसिङ्ग कालिका युवा क्लब भानु १० याङ्गसिङ्ग तनहुँको आयोजना प्रथम याङ्गसिङ्ग कालिका कप-२०७७ फागुन २३ देखि हुन २७ गते सम्म हुने भएको छ । “समृद्ध बन्दैछ हाम्रा दिन, हामी आफै बनाउछौं हाम्रो याङ्गसिङ्ग” भन्ने मुल नाराका साथ संञ्चालन हुन लागेको खुल्ला “7 A Side” पुरुष फुटबल प्रतियोगिताको प्रथम पुरस्कार रु. ४०,०००।-, ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ भने दिृत्तीय पुरस्कार रु. २०,०००।-, मेडल र प्रमाण पत्र रहेको कल्बका सल्लाहकार सुदिन खड्काले जानकारी दिनु भयो । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र हरेक खेलमा म्यान अफ द म्याचको पनि व्यवस्था गरिएको कल्बका अध्यक्ष राजु अधिकारीले जानकारी दिनु भयो ।
प्रतियोगितामा सहभागी हुनका लागी टिम दर्ता शुल्क रु.४,०००।- +रु.५००।- लाग्ने छ भने, खेलाडीहरुको जर्सी नं. र फोटो अनिवार्य रुपमा खुलाउनु पर्नेछ । टिम संङख्या ७+३ रहेको प्रतियोगिताको टिम दर्ता गर्ने अन्तिम मिती -२०७७ फागुन २२ गते सम्म् रहेको छ भने हरेक खेलमा कल्बको टिम म्यानेजर उपस्थित हुनु पर्ने कल्बका सल्लाहाकार खड्काले बताउनु भयो । २०७५ सालमा स्थापना भएको यस कल्बले अब आउँदा बर्षहरुमा पनि नियमित रुपमा यस्ता प्रतियोगिताहरु राख्ने पनि सल्लाहाकार खड्काले बताउनु भयो । कार्यक्रमका विषयमा केही जिज्ञासाहरु भएमा ९८१६६८२५०७,९८१३८५२१९६,९८२६१४२६७० र ९८०६५२२१३१ मा सम्पर्क राख्न सकिने छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.