‘पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य,सहकारी र पूर्वाधार ः समृद्ध बन्दिपुर निर्माणको मूल आधार’ भन्ने उद्घोषका साथ अगाडि बढेको बन्दिपुर गाउँपालिकाले ग्रामीण पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गरेको छ । गाउँपालिकाले तनहुँको निर्वाचन क्षेत्र नं. १ अन्तरगत तीन वटा स्थानीय पालिकालाई साइकल लेनबाट जोडेर संयुक्त रुपमा ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने अभियान अगाडि बढाएको हो । आगामि १० वर्षभित्र पर्यटनबाटै समृद्धि हाँसिल गर्ने अभियानका साथ अगाडि बढेको बन्दिपुरले गाउँपालिका क्षेत्र भित्र करिब ९ किलोमिटर दुरीको साइकल लेन निर्माण गरिसकेको छ। यो साइकलेन ब्यास नगरपालिका र आँबुखैरेनी गाउँपालिकासम्म जोडेर संयुक्त रुपमा प्राकृतिक, साँस्कृतिक, धार्मिक स्थलहरुलाई जोड्दै ग्रामीण पर्यटन प्रवद्र्धनको कार्यक्रम गर्ने योजना अगाडि ल्याएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए । गाउँपालिकाले दमौलीदेखि बन्दिपुर हुँदै छिम्केश्वरीसम्म साइकल लेन निर्माण तथा पर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरी गाउँपालिकाले लिएको योजना र लक्ष्यका विषयमा छलफल गरेको छ । व्यास नगरपालिकाको छाब्दीदेखि बन्दिपुरको रामकोट हुँदै आँबुखैरेनी गाउँपालिकाको छिम्केश्वरीसम्म साइकल लेन निर्माणका लागि पहल थालिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापाले बताए । तनहुँ क्षेत्र नं. १ का पाँचवटा स्थानीय तह र जिल्लाका पत्रकारहरुबीच वडा नं. ३ को रामकोट सामुदायिक होमस्टेमा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष थापाले भने, ‘बन्दीपुर गाउँपालिकाले नौ किलोमिटर साइकल लेन निर्माण गरिसकेको छ । व्यासदेखि साइकल लेन निर्माण शुरु गरेर जिल्लाकै अग्लो स्थानमा रहेको छिम्केश्वरीसम्म साइकल लेन विस्तार गर्ने सोच राखेका छौ ।’ यस्तै, बन्दिपुर गाउँपालिकाले तीन तहलाई जोड्दै साइकल लेन निर्माणको पहल थालेकामा ब्यास नगरपालिकाले सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ब्यास नगरपालिकाको क्षेत्रमा साइकल लेन निर्माणका लागि नगरपालिका सकारात्मक रहेको बताएका छन् । ‘यो अभियान पर्यटन प्रबद्र्धनका लागि कोसेढुङ्गा हुने विश्वास गरेका छौ’, उनले भने, ‘धार्मिक, साँस्कृतिक, प्राकृतिक, ऐतिहासिक आयमले हाम्रो क्षेत्र भरिपूर्ण रहेकाले आवश्यक पूर्वधार निर्माण गरी पर्यटनका माध्यमबाट समृद्धि हाँसिल गर्नुका साथै युवाहरुलाई आफ्नै गाउँठाउँमा रोजगारीको वातावरण सृजना गराउनका लागि नगरपालिका सहकार्य गर्न तयार छ ।’ त्यस्तै, साइकल लेनमार्फत् पर्यटन र संस्कृतिको प्रबद्र्धन गर्ने अभियान चलाइएका अध्यक्ष थापाले भने, ‘साइकल लेनले ब्यासको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही, बन्दीपुरको रामकोट सामुदायिक घरबास, कोरिखा सामुदायिक घरबास लगायत अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई जोड्छ । यसले तीन पालिकाकै पर्यटन प्रबद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास लिएका छौ ।’ गाउँपालिकाले कोरोना कहरका कारण रोजगारी गुमाएर बसेका युवाहरुलाई राहतको सट्टा रोजगारी कार्यक्रम सञ्चालन गरी करिब ११ लाख रुपैयाँको लागतमा नौ किलोमिटर साइकल लेन निर्माण सम्पन्न गरेको छ । बन्दिपुरदेखि बाहुनभञ्ज्याङसम्म तीन लाख रुपैयाँ र बन्दीपुरदेखि रामकोटसम्म आठ लाख रुपैयाँको लागतमा साइकल लेन निर्माण गरिएको गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले जानकारी गराइन् । उक्त साइकल लेन निर्माणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् विपन्न वर्गलाई रोजगारी दिइएको थियो । गाउँपालिकाका रोजगार संयोजक शरणसिं गुरुङले साइकल लेन निर्माणमा ४४ जनालाई रोजगारी दिइएको बताए । यस्तै, साइकल लेन निर्माण भएपछि बन्दीपुर गाउँपालिकाले साइकल प्रतियोगिता गर्ने तयारी समेत गरेको छ । यसअगाडि डुम्रे बन्दीपुर दौड प्रतियोगिता हुँदै आएकामा अब साइकल प्रतियोगिताको तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए । ‘गाउँपालिकाले विकासका लागि गुरुयोजना बनाएर अगाडि बढेको छ । गाउँपालिकाले बन्दीपुरको बीस वर्षे गुरुयोजना तयार गरिसकेको छ’, उनले भने, ‘काठमाडौं, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रकोबीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रको पनि केन्द्रको रूपमा विकास गर्ने गाउँपालिकाको सोच बनाएको छ ।’ पहाडकी रानी उपनामले परिचित बन्दीपुर आफैमा एउटा प्राकृतिक सौन्दर्यता र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले यसलाई संरक्षण, संवद्र्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजनासहित गाउँपालिकाले कार्यक्रम अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । बन्दिपुरको ग्रामीण पर्यटन प्रवद्र्धन …….. गाउँपालिकाले वडा नं. २ स्थित थानीमाई मन्दिरबाट पदमार्ग पर्खाल निर्माण शुरु गरिसकेको छ । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी पदमार्ग पर्खाल निर्माणको काम भइरहेको छ । उक्त पदमार्ग एक हजार एक सय मिटर सम्पन्न भइसकेको छ । गाउँपालिकाले टुँडीखेलमा सिसाको ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गर्ने योजना अगाडि सारेको छ । सिसाको ‘दृश्यावलोकन स्तम्भ’ का लागि करीब तीन करोड रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान गरिएको अध्यक्ष थापाले बताए । यस्तै, गाउँपालिकाको अभियानमा सहभागि भएका साइकल धावक चन्द्रबहादुर आलेले बन्दीपुरमा निर्माण गरिएको साइकल धावकको राम्रो सम्भावना रहेको बताएका छन् । उनले पर्यटनबाट समृद्धि हाँसिल गर्ने भन्दै आवश्यक भौतिक पूर्वाधारहरु निर्माण गरिएको भएपनि ती पूर्वाधारहरु भूकम्पीय दृष्टिले कत्तिको मजवुत छन् भन्ने तर्फ सचेत रहन सुझाएका छन् ।
थप समाचार
-
भानुमा दर्दनाक घटना: आमा र एक वर्षीय छोरा मृत अवस्थामा फेला
गोर्खा संसारApril 7, 2026भानु–तनहुँ, चैत २४ तनहुँको भानु नगरपालिका–६ पण्डिथरमा आमा र उनका एक वर्षीय छोरा मृत अवस्थामा फेला परेका छन्। स्थानीय राजु परियारकी २५ वर्षीया श्रीमती सरिता परियार घरबाट केही टाढा र... -
पत्रकारलाई फोटो/भिडियो खिच्न रोक: तनहुँ शाखाद्वारा कडा आपत्ति
गोर्खा संसारApril 7, 2026पत्रकारलाई फोटो/भिडियो खिच्न रोक: तनहुँ शाखाद्वारा कडा आपत्ति दमौली, २४ चैत । नेपाल पत्रकार महासंघ तनहुँ शाखाले सार्वजनिक कार्यक्रममा पत्रकारलाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको घ... -
दुईतिहाइको बहुमत र सभामुख अर्याल : संसद्लाई निष्पक्ष र प्रभावकारी बनाउने चुनौती
गोर्खा संसारApril 5, 2026काठमाडौं / जेनजी आन्दोलनले नेपालमा पुराना दलहरूको शासनसत्ता मात्र ढलेन, वर्षौंदेखि जकडिएको संसदीय समीकरण पनि फेरबदल गर्यो । गत फागुन २१ मा भएको चुनावले व्यवस्थापिका र कार्यपालिका द... -
बन्दीपुर–केशवटारमा ‘होमस्टे सर्किट’ अभियान सुरु: ग्रामीण पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य
गोर्खा संसारMarch 29, 2026चैत १४, बन्दीपुर। तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाले ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘होमस्टे सर्किट प्रवर्द्धन’ कार्यक्रम सुरु गरेका छन्। शनि... -
ईदकै दिन लोकसेवा परीक्षा राखिएकोप्रति अन्सारीको आपत्ति, धार्मिक अधिकारको सम्मान गर्न सरकारलाई आग्रह
गोर्खा संसारMarch 21, 2026काठमाडौं । मुस्लिम समुदायको महान पर्व ईद उल फित्रकै दिन मधेश प्रदेश लोकसेवा आयोगले परीक्षा तय गरेको विषयलाई लिएर पूर्वगृह राज्यमन्त्री एवं नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मो.... -
मर्जरपछि नयाँ कार्यदिशा सार्वजनिक गर्दै Khalti by IME ले पोखरामा एजेन्टसँग अन्तरक्रिया
Bijay KumalFebruary 14, 2026शनिबार, फागुन २ गते २०८२ मा Khalti by IME ले पोखराको शृजना चोकस्थित White House Party Palace मा “Agent अन्तरक्रिया” कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा १७० भन्दा बढी एजेन्टहरूको...