Gorkha Sansar

अन्दाजी ३ ससय ५० रोपनी जग्गामा लगाएको अफिम खेती फडानी

धादिङ,

धादिङ बेनिघाट रोराङ गाउँपालिकाको वडा नं. १ स्थित विभिन्न गाउँमा लगाईएको अफिम खेती प्रहरीले फडानी गरेको छ। गाउँपालिकाको जरुङ, सिमटार र जयावाको अन्दाजी ३ ससय ५० रोपनी जग्गामा लगाएको अफिम खेती जिल्ला प्रहरी धादिङको टोलीले फडानी गरेको हो।
अफिम फडानीको लागि जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काको कमाण्डमा इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरिक्षक युवराज खड्का सहितको ३५ जनाको टोलीले गएर अफिम फडानी गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.