दमौली , ६ माघ । आँबुखैरेनी स्थायी घर भई हाल काठमाण्डौं बस्दै आएकी मधु अधिकारीले जन्मदिनका अवसरमा तीन जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेकी छन् । अधिकारीले स्कुल अफ डेमोक्रेसी तनहुँ मार्फत शैक्षिक सामाग्री प्रदान गरेकी हुन् ।यसैबीच अधिकारीले उपलब्ध गराएको शैक्षिक सामाग्री र न्यानो कपडा स्कुल अफ डेमोक्रेसी तनहुँका अध्यक्ष डम्बर अधिकारीले मंगलबार हस्तान्तरण गरेका छन् । अध्यक्ष अधिकारीले व्यास नगरपालिका वडा नं १२ कमलबारी स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत अर्जुन वि.क र कक्षा ८ मा अध्ययनरत अनिश वि.क.लाई हस्तान्तरण गरेका थिए । सो अवसरमा वि.क.दाजुभाई १० हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको थियो । शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक कृष्णचन्द्र पाण्डेको समेत उपस्थिती रहेको थियो । अधिकारीले जन्मदिनको अवसरमा पारेर भानु नगरपालिकाकी अस्मिता घर्तिको पठनपाठनलाई समेत ५ हजार बराबरको सहयोग गरेकी छन् । जन्मदिनमा गरिने फजुल खर्च कटाएर अभिभावक बिहिन बालबालिकालाई सहयोग गरेको अधिकारीले बताईन् । सहयोगदाता अधिकारी नेपाल तरुण दल आँबुखैरेनी गाउँ कार्य समितिका उपाध्यक्ष दीपेन्द्र अधिकारीकी धर्मपत्नी हुन् । अधिकारी परिवारले यस अघि पनि सामाजिक क्षेत्रमा सहयोग पुरयाउँदै आएको छ ।
थप समाचार
-
बन्दीपुर–केशवटारमा ‘होमस्टे सर्किट’ अभियान सुरु: ग्रामीण पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य
गोर्खा संसारMarch 29, 2026चैत १४, बन्दीपुर। तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाले ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘होमस्टे सर्किट प्रवर्द्धन’ कार्यक्रम सुरु गरेका छन्। शनि... -
ईदकै दिन लोकसेवा परीक्षा राखिएकोप्रति अन्सारीको आपत्ति, धार्मिक अधिकारको सम्मान गर्न सरकारलाई आग्रह
गोर्खा संसारMarch 21, 2026काठमाडौं । मुस्लिम समुदायको महान पर्व ईद उल फित्रकै दिन मधेश प्रदेश लोकसेवा आयोगले परीक्षा तय गरेको विषयलाई लिएर पूर्वगृह राज्यमन्त्री एवं नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मो.... -
दुई दिने रैथाने खाना महोत्सव सकियो
गोर्खा संसारMarch 17, 2026दुलेगौंडा, ३ चैत । शुक्लागण्डकीमा आयोजित रैथाने खाना महोत्सव–२०८२ सम्पन्न भयो । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्लागण्डकीले शुनपा–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्या... -
विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्ण ः राष्ट्रपति
गोर्खा संसारFebruary 4, 2026जापान ( टोकियो ) । राष्ट्रपति रामचन्द्र पाैडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गर्नुभएको छ । ज... -
राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र सम्मानित गर्दै सातौँ NCIFF समापन
गोर्खा संसारFebruary 2, 2026काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ) २०२६ काठमाडौँमा सम्पन्न भएको छ। माघ १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएक... -
नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न
गोर्खा संसारJanuary 18, 2026नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेशका प्...
