Gorkha Sansar

चिन्ताबाट मुक्त हुने स्थानकाे निर्माण हुँदै , कहाँ र कसरी? छिटै पढेर शेयर गर्नुहाेला

गाेरखा

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा ध्यान केन्द्र बन्ने भएकाे छ । वडा नं. ७  काे बगरमा ध्यानकेन्द्रकाे भवन निर्माण कार्य भइरहेकाे छ ।

स्वामी सुवास थापाले अाफूले खरीद गरेकाे ४ राेपनी जग्गाभित्र करिब १०० जनाले एकसाथ ध्यान गर्न सक्ने ध्यानकेन्द्र बनाउन लागेकाे बताउनुभयाे । अाेशाेप्रतिकाे अास्था तथा निष्ठाका कारण अाफूले यस महान कार्य गर्न लागेकाे थापा बताउनुहुन्छ ।

उहाँले अहिले अाफ्नै लगानीमा साे ध्यानकेन्द्र भवन बनाउन लागेकाे र छिटै काम सम्पन्न गरी उदघाटन गर्ने कार्यक्रम रहेकाे बताउनुभयाे । मानिसहरू हरसमय काममा व्यस्त हुने र जसका कारण तनाव बढदै जाने हुँदा तनाव व्यवस्थापनकाे लागि पनि ध्यान अति अावश्यक भएकाले यस स्थानमा बन्ने ध्यान केन्द्रले यस क्षेत्र वरपर सकारात्मक सन्देश दिनुका साथै तनावका कारण मानिसहरूमा उत्पन्न हुने बैमनश्यता,  रिस, बैरभाव अादि हटाइ सामाजिक सहअस्तित्व तथा भातृभाव विकासमा महत्वपूर्ण याेगदान पुर्याउने विस्वास लिइएकाे छ ।

अाज अाेशाेकाे महापरिनिर्वाणका अवसरमा वडा नं. ७ का वडाध्यक्षसहित स्थानीय बुद्दीजीवीहरूले निर्माणाधीन ध्यानकेन्द्र भवनकाे अवलाेकन गर्नुका साथै साे स्थानमा भवन निर्माण कार्य अघि बढाएका थापाप्रति अाभार समेत व्यक्त गरेका थिए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.