काठमाण्डाै – यस वर्षको शैक्षिक सत्रको अन्त्य जेठमा हुने भएको छ । चैतमै शैक्षिक सत्रको अन्त्य हुनुपर्ने भए पनि कोरोना महामारीका कारण विद्यालय बन्द भएको र अरू शैक्षिक गतिविधि हुन नपाउँदा जेठको अन्तिमसम्ममा शैक्षिक सत्र अन्त्यको प्रस्ताव गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । शिक्षा पत्रकार सञ्जाल (ईजाेन) ले आयाेजना गरेकाे कार्यक्रममा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले जेठमा शैक्षिक सत्र अन्त्यको प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइएको र मन्त्रालयले यसलाई मन्त्रिपरिषदमा लगेको जानकारी गराएको बताउनुभयो । धेरै ठाउँमा पढाइ सुरु भइसकेको र अब बिदा कटौती गर्ने र पूर्ण क्षमता तथा समयमा विद्यालय चलाएर कोर्स सक्ने र जेठमा शैक्षिक सत्र अन्त्य गर्ने प्रस्ताव गरिएको अध्यक्ष पौडेलको भनाइ छ । ‘अनलाइन कक्षा त भइरहेका छन् तर कतै–कतै अहिलेसम्म पनि विद्यालय खुलेका छैनन्, त्यसैले चैतमा शैक्षिक सत्र अन्त्य गर्ने कुनै सम्भावना देखिएन, हामीले जेठको अन्तिमसम्म सत्र अन्त्यको प्रस्ताव पठाएका छौँ’, बोर्डका अध्यक्ष पौडेलले भन्नुभयो । यसपटकको एसईई परीक्षा पनि जेठको अन्तिममा धकेलिने भएको छ । कोरोना महामारीका कारण गएकाे वर्ष आन्तरिक मूल्याङ्कनमार्फत नतिजा प्रकाशन भएकोमा यस वर्ष जेठको अन्तिमसम्म भए पनि परीक्षा गर्ने तयारी भएको बोर्डले जनाएको छ । ‘गएकाे वर्ष विशेष अवस्था थियो र आन्तरिक मूल्याङ्कनलाई आधार मानियो, यस वर्ष पनि त्यस्तै हुने सम्भावना छैन, परीक्षा नै हुन्छ, त्यसका लागि पहिले सबै विद्यालय खुल्नुपर्याे र त्यसैअनुसारको तयारी पनि सुरु हुन्छ’, परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भन्नुभयो । ujyaloonline
थप समाचार
-
सिम्रिक एयरको हेलिकोप्टरबाट उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार
गोर्खा संसारNovember 13, 2025उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको छ । सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिका वडा नं. ६ ताजुबाट सुत्केरी महिला रिञ्जिन पाल्मो लामाको उद्धार गरिएको गाउँपालिकाको स... -
मेलम्ची समस्या समाधानको लागि कुलमानको प्रयास सफल
गोर्खा संसारNovember 12, 2025२६ कात्तिक, काठमाडौं । मेलम्चीबाट काठमाण्डैा ल्याइएको खानेपानी नै बन्द गराएर बिविध माग राखी अान्देालनमा उत्रिएका स्थानीयसँग छलफल गराइ समस्या समाधानकेा लागि कुलमानले गरेकेा प्रयास... -
जेनजी अान्दोलनका कारण बन्द केबलकार अाजदेखि पुनः सञ्चालनमा
गोर्खा संसारNovember 8, 2025कार्तिक २२, काठमाडौँ । गत भाद्र २३ र २४ गतेको जेन्जी अान्दोलनमा क्षति पुर्याइएपछि बन्द रहेको चन्द्रागिरी केबलकार अाजदेखि सञ्चालनमा अाएको छ । अान्दोलनका क्रममा गत भदैा २४ गतेका दि... -
रवि लामिछानेले दिए ७ घण्टा १५ मिनेट लामो बयानः ओली र लेखक बिवादमा
गोर्खा संसारNovember 6, 2025काठमाडौं । सहकारी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनबारे छानबिन गरिरहेको उच्चस्तरीय आयोग समक्ष करिब ७ घण्टा १५ मिनेट ... -
मोटरसाइकल दुर्घटनाका घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं रिफर
गोर्खा संसारNovember 6, 2025कार्तिक २०,मनाङ कार्तिक १९ गते दिउँसो माेटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका लामालाइ हेलीकाेप्टरमार्फत काठमाण्डाै पुर्याइएकाे छ । मनाङ नासो गाउँपालिका–०१ सिरानडाँडा स्थित ... -
ट्रंकलाइन विवादबारे उद्याेगीहरूसंग छलफल गरेर समाधान प्रयास गर्ने प्रधानमन्त्री कार्कीको अाश्वासन
गोर्खा संसारNovember 2, 2025१६ कात्तिक, काठमाडौं । ट्रंकलाइन विवादबारे उद्याेगी व्यवसायीहरूसंग छलफल गरेर समाधान प्रयास गर्न प्रधानमन्त्री शुशीला कार्कीले अाश्वासन दिनुभएकाे छ । प्रधानमन्त्री कार्कीले फागुन ...
