कोरोना भाइरसको सङ्क्रमण समाज अझै पनि रहँदै आएको अवस्थामा यहाँका सेवाप्रदायक सरकारी कार्यालयमा सामाजिक दूरी कायम गरेका छैनन् । सामाजिक दूरी कायम नहुँदा सेवा लिन आउने सेवाग्राही ठेलमठेल गरी लाइनमा बसेर सेवा लिन बाध्य भएका छन् । अन्य कार्यालयमा स्वास्थ्य मापदण्ड पूरा भए नभएको निगरानी र कार्यान्वयनमा ल्याउने जिल्ला प्रशासन कार्यालयमै यो समस्या रहेको छ । स्वास्थ्य मापदण्ड लागू गराउने जिल्ला प्रशासन कार्यालय तनहुँमा नै स्वास्थ्य मापदण्ड पालना गराउन सकिरहेको छैन । विशेष–गरी जिल्ला प्रशासन, मालपोत, नापी, करदाता सेवा कार्यालय, तनहुँ जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय, दमौली अस्पतालमा सेवाग्राहीको अत्यधिक भीड हुने गरेको छ । सेवाग्राहीको भीड बढेकाले स्वास्थ्य मापदण्ड लागू गर्न सक्ने अवस्था नरहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । कार्यालयमा दैनिक १०० देखि १३५ जना नागरिकता लिन र ३० देखि ३५ जना राहदानी लिन आउने गरेका छन् । सेवाग्राहीको साथमा आएका परिवारजन, आफन्तको कारणले पनि भीड बढेको बरालले भने, नागरिकता लिनुपर्दा बाबु÷आमा वा नजीकको नातेदार पनि साथमा ल्याउनुपर्ने हुँदा भीड बढ्नु स्वभाविक हो । मालपोत कार्यालयमा टोकन प्रणाली जिल्ला मालपोत कार्यालयले भीड कम गर्न टोकन प्रणाली लागू गरेको छ । टोकन प्रणाली लागू गरेपनि भीड थेगी नसक्नु हुने गरेको निमित्त मालपोत अधिकृत खेमबहादुर खत्रीले बताए । घर जग्गा धितो राखेर व्यापार र व्यवसाय गर्नेको हवृद्धि हुँदै गएकाले व्यवस्थापन गर्न नसकिएको उनी स्वीकार गर्नुहुन्छ । घरेलु तथा साना उद्योग कार्यालयमा दैनिक सेवाग्राहीको भीड बढेपछि भीडलाई न्यूनीकरण गर्न र सेवाग्राही दुई÷तीन दिन धाउनुपर्ने अवस्था आएकाले घरबाटै टोकन लिने व्यवस्था मिलाइएको छ । आफूले दर्ता गर्न चाहेको उद्योग तथा फर्म दर्ताका लागि आवश्यक कागजात कार्यालयको इमेल वा फेसबुक पेजमा फोटो खिची मेसेज गर्ने व्यवस्था मिलाइएको कार्यालय प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए । ः– रा स स
थप समाचार
-
विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्ण ः राष्ट्रपति
गोर्खा संसारFebruary 4, 2026जापान ( टोकियो ) । राष्ट्रपति रामचन्द्र पाैडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गर्नुभएको छ । ज... -
राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र सम्मानित गर्दै सातौँ NCIFF समापन
गोर्खा संसारFebruary 2, 2026काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ) २०२६ काठमाडौँमा सम्पन्न भएको छ। माघ १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएक... -
नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न
गोर्खा संसारJanuary 18, 2026नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेशका प्... -
वर्डक्याम्प नेपाल २०२६: विरासत, प्रविधि र समुदायको एउटा ऐतिहासिक यात्रा
गोर्खा संसारDecember 29, 2025बुटवल, नेपा ल | नेपाली वर्डप्रेस समुदाय आगामी जनवरी २३ र २४ मा बुटवलको मनोरम मणिग्राम विश्राम बाटिकामा आयोजना हुने 'वर्डक्याम्प नेपाल २०२६' को भव्य तयारीमा जुटेको छ। १० नोभेम्बर २... -
फागुन २१ काे निर्वाचनका लागि ९ लाख १५ हजार मतदाता बढे, ७५ मतदान स्थल थप
गोर्खा संसारDecember 27, 2025पाैष १२ गते अागामी फागुन २१ हुने भनिएकाे निर्वाचनमा भाग लिने मतदाताकाे संख्या गत निर्वाचनकाे भन्दा ९ लाख १५ हजार जना बढेका छन् । निर्वाचन अायाेगले अाज एक विज्ञप्ति जारी गरी अन्ति... -
मर्स्याङदी उपत्यकाका शिक्षकहरूका लागि एक दिवसीय शिक्षामा क्रान्ति कार्यशाला सम्पन्न
गोर्खा संसारDecember 27, 2025पाैष १२ गते, गाेरखा । गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा अवस्थित अाेशाे कैलाश अाश्रम मा अाज मर्स्याङदी उपत्यकाका शिक्षकहरूका लागि शिक्षामा क्रान्ति अन्तर्गत एक दिवसीय रूपान...
