एकिकरण नेपाल, गोरखाको आयोजनामा पालुङटार नगरपालिका वडा नं ५ को तल्लोफाँटमा एक कार्यक्रमको बिचमा बित्तिय साक्षरता सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ । पालुङटार नगरपालिकाको प्रमुख ई. दिपक बाबु कंडेलको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा गोरखा जिल्लाको लागि सामी परियोजनाको स्थानीय सेवा प्रदायक संस्था एकिकरण नेपाल गोरखाको परियोजना संयोजक चन्द्रबहादुर देबकोटाले सहजीकरण गर्नुभएको थियो । समग्रमा सुरक्षित आप्रबासन परियोजना (सामी) को बारेमा परियोजना संयोजकले जानाकारी गराउनु भएको थियो । त्यस्तैगरी परियोजनाको बित्तिय साक्षरता क्षेत्रिय संयोजक अर्जुन बहादुर शाहीले बित्तिय साक्षरता र यसको महत्वबारे प्रकाश पर्नु भएको थियो । कार्यक्रममा तल्लोफाँट टोल बिकास संस्थाको अध्यक्ष भरत बाबु बगालेले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख कंडेलले कार्यक्रम अत्यन्तेै महत्वपुर्ण भएकोले सबैले कक्षामा सहभागिता जनाउन आग्रह गर्नुभयो । साथै नगरपालिकाकै बजेटबाट कार्यक्रम सञ्चालन भइरहेको पनि बताउनु भयो । संस्थाले पालुङटार नगरपालिका वडा नं ५ को राधाकृष्णटोल र तल्लोफाँट टोलको आसपासको बैदेशिक रोजगारीबाट बिप्रेशण प्राप्त गर्ने घरधुरी समेटी राधाकृष्ण बित्तिय साक्षरता तथा मनोसमाजिक परामर्श कक्षा गठन गरि कक्षा सञ्चालन गरिहेको छ । बित्तिय साक्षरता तथा मनोसामाजिक परामर्शको साथै जिल्ला प्रशासन कार्यालय संगै रहेको आप्रबासी सुचना तथा स्रोत केन्द्रबाट बैदेशिक रोजगारी सम्बन्धी परामर्श, बैदेशिक रोजगारीको शिलशिलामा ठगिएकाहरुलाई निशुल्क कानुनी सेवाको लागि सहजीकरण, बैदेशिक रोजगारीमा रहँदा अंगभंग भएका, मृत्यु भएकाहरुलाई क्षतिपुर्तिको लागि पहल गरिदिने, शव नेपाल ल्याउन सहजीकरण लगायतको काम भइरहेको परियोजना संयोजक देबकोटाले बताउनु भयो । सामी परियोजना वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमुलक एवं शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अनुसार सुरक्षित आप्रवासन परियोजना (क्बःष् तेस्रो चरण) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको छ । यस परियोजना अन्तर्गतका कार्यक्रम गोरखा जिल्लाका ४ स्थानीय तहहरु गोरखा नगरपालिका, पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका र शहिद लखन गाउँपालिकामा सञ्चालित छन्। । परियोजनाको समयसिमा २०७९ असार ३१ सम्म रहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत नेतृत्व, प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा सम्बन्धित स्थानीय तहहरूको व्यवस्थापन तथा कार्यान्वनमा यस परियोजनाका कार्यक्रमहरू सञ्चालनमा रहेको छ । हेल्भेटास नेपालले प्रभावकारी कार्यक्रम सञ्चालनका लागि प्राविधिक सहयोग उपलब्ध गराएको छ ।
थप समाचार
-
विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्ण ः राष्ट्रपति
गोर्खा संसारFebruary 4, 2026जापान ( टोकियो ) । राष्ट्रपति रामचन्द्र पाैडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गर्नुभएको छ । ज... -
राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र सम्मानित गर्दै सातौँ NCIFF समापन
गोर्खा संसारFebruary 2, 2026काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ) २०२६ काठमाडौँमा सम्पन्न भएको छ। माघ १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएक... -
नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न
गोर्खा संसारJanuary 18, 2026नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेशका प्... -
वर्डक्याम्प नेपाल २०२६: विरासत, प्रविधि र समुदायको एउटा ऐतिहासिक यात्रा
गोर्खा संसारDecember 29, 2025बुटवल, नेपा ल | नेपाली वर्डप्रेस समुदाय आगामी जनवरी २३ र २४ मा बुटवलको मनोरम मणिग्राम विश्राम बाटिकामा आयोजना हुने 'वर्डक्याम्प नेपाल २०२६' को भव्य तयारीमा जुटेको छ। १० नोभेम्बर २... -
फागुन २१ काे निर्वाचनका लागि ९ लाख १५ हजार मतदाता बढे, ७५ मतदान स्थल थप
गोर्खा संसारDecember 27, 2025पाैष १२ गते अागामी फागुन २१ हुने भनिएकाे निर्वाचनमा भाग लिने मतदाताकाे संख्या गत निर्वाचनकाे भन्दा ९ लाख १५ हजार जना बढेका छन् । निर्वाचन अायाेगले अाज एक विज्ञप्ति जारी गरी अन्ति... -
मर्स्याङदी उपत्यकाका शिक्षकहरूका लागि एक दिवसीय शिक्षामा क्रान्ति कार्यशाला सम्पन्न
गोर्खा संसारDecember 27, 2025पाैष १२ गते, गाेरखा । गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा अवस्थित अाेशाे कैलाश अाश्रम मा अाज मर्स्याङदी उपत्यकाका शिक्षकहरूका लागि शिक्षामा क्रान्ति अन्तर्गत एक दिवसीय रूपान...
