Gorkha Sansar

श्री देवि आधारभुत बिद्यालय भानु -१ नयाँ बस्तिलाई न्यानो कपडा (ज्याकेट)वितरण ।।

 

भानु नगरपालिका १ भन्सार बजार निवासी युवा समाजसेवी तथा भन्सार सुन चादिँ पसलका प्रोपाइटर नर बहादुर सुनार द्वारा श्री देवि आधारभूत बिद्यालय नयाँ बस्तीमा अध्ययनरत ३०जना विद्यार्थी तथा शिक्षक शिक्षिकालाई आज (आइतबार)ज्याकेट बितरण गर्नुभएको छ । कक्षा नर्सरी देखि कक्षा ३ सम्म अध्ययन गर्ने विद्यार्थीलाई ज्याकेट बितरण गर्नुभएको हो।आफ्नै पहलमा विद्यार्थीहरुलाई जाडो मौंसममा चिसोबाट बच्न तथा अध्ययन गर्न सहज वातावरणको लागि सहयोग स्वरुप ज्याकेट वितरण गर्नुभएको र आउँदा दिनहरुमा पनि यसै गरि समाजिक सेवालाई निरन्तरता दिने युवा समाजसेवी नर बहादुर सुनारले जानकारी दिनुभयो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.