Gorkha Sansar

जनता समाजबादि पाटि गोरखा नगर स्तरीय आर्थिक बिभाग संयोजक मा सुजन गर्तौला

जनता समाजबादि पाटि नगर कमिटिको गाेरखास्थित हाेटल गाेरखा प्यालेसमा भएकाे पुर्ण बैठकले सुजन गर्ताैला लाई अार्थिक बिभाग संयाेजक चयन गरेकाे छ । भेलाले नगर स्तरीय महिला संघ समेत गठन गरेको छ | सुजन गर्तौला को सम्योजकत्वमा पाच सद्स्य आर्थिक समिति र गायत्री सिल्वाल को सम्योजकतव मा एघार सद्स्य महिला संघ पनि गठन गरेको हाे | गोरखा नगरपालिका को प्रत्येक जिल्ला कमिटि सद्स्य सोहि वडाको ईन्चार्ज रहने गरि चौध वटै वडा ईन्चार्च तोकियको छ , साथै नेकपा परित्याग गरि जनता समाजबादि पाटिमा प्रबेश गर्नु भयका गो न पा ८ को सबिता कैनि खत्री र पार्बति खत्री लाई केन्द्रीय सद्स्य रमेश पोखरेल ले स्वागत गर्दै पाटि सद्स्यता कार्ड बितरण गर्नु भयको थियो | उक्त बैठक को प्रमुख अतिथि केन्द्रिय सदस्य गण्डकी प्रदेश सह ईन्चार्च रमेश पोखरेल , केन्द्रिय सद्स्य रोहित पान्डे ,प्रदेश कमिटि सद्स्य ज्योति कोईराला , जिल्ला अध्यक्ष नारान खत्री ले मन्तव्य व्यक्त गर्नु भयको थियो | नगर सचिब रामभक्त खनाल ले सन्चालन गर्नु भयको उक्त बैठक ले गोरखा नगरपालिका भित्र आगामि दिन मा पाटिको सदस्यता बितरण ब्यापक गराउदै , प्रत्येक टोल र वडा स्ततर मा संगठन निर्माण तीब्र बनाउने निर्णय गरेको छ |नगर अध्यक्ष उपेन्द्र देबकोटा ले नगर को भाबि योजना र एजेन्डा माथि छलफल गर्दै उक्त बैठक समापन गर्नु भयको थियो |

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.