Gorkha Sansar

कुमाल भिलेज बारे बिशेष जानकारी

भरतपुर महानगरपालिका वडा नं. २८, गोलाघाट मा अवस्थित कुमाल भिलेज त्यस्तो ठाउँ हो जहाँ कुमाल जातिको संस्कृति सँग मज्जाले मितेरी लगाउँदै अर्गानिक परिकार सँग रमाउन सकिन्छ । लोपोन्मुख अवस्थामा रहेको कुमाल जातिको भाषा, भेषभुषा आफ्नै चाडपर्व र संस्कृतिहरु जर्गेना गर्नको लागि विभिन्न ठाउँमा पहल नभएका पक्कै हैनन् । तर यस कुमाल भिलेजमा आधुनिकताको साथसाथै मौलिक संस्कृतिलाई जगेर्ना गर्नकोलागि बनाईएको नयाँ अवधारण अलि फरक तर प्रभावकारी मान्न सकिन्छ ।

 

क्ुमाल भिलेजमा लोपोन्मुख अवस्थामा रहेको पाउँदुरे नाच, कुमाल संग्राहलय लगायत खानाका परिकारहरु पाउनेछौ । निर्माणको लगभग ७०% काम बाँकी रहेतापनी हामीले उक्त ठाउँमा गएर बस्नका लागि एटेच बाथरुम सहतिको फराकीलो कोठा, मौलीक तथा अर्डर अनुसारको अर्गानीक खाना देखी जङ्गल सफारी, घोडा सवारी, सुर्यस्तको मनोरम दृश्य लगायत नारायणी नदी र राप्ती नदीको संगम स्थलको मनमोहक दृश्य अवलोकन गर्न पाईन्छ ।

 

 

पारिवारीक वातावरणमा मिजासीला स्वभावका स्टाफहरुको सेवाले मनै लोभ्याउदँछ । खुला तथा फराकीलो ठाउँरहेकाले साथीभाइ सँग जमघट गरेर बस्न मिल्ने ठाउँ रहेकाले पनि टाढा टाढा बाट मानिसहरु आउने गरेको पाईन्छ । प्रसस्त मात्रमा पार्किङ्गको सुविधा रहेको कुमाल भिलेजमा पेय पदार्थ पिउन बारको व्यवस्थापनी रहेको छ । सकेसम्म मौलिकतालाई कायम राखेर बनाईएको उक्त भिलेज अब चाढैँनै कुमाल संस्कृति जगेर्ना तथा प्रर्वद्धनको कोशे ढुङ्गा सावित हुनेछ ।

कुनै एउटा समुहलाई मात्र लक्षित गरि नबनाईएको यस भिलेजमा आन्तरिक तथा बाह्य पर्यटकको लागि थुप्रै कार्यक्रम रहेको कुमाल भिलेजका प्रोपाईटर भिमसेन कुमालले बताउनु भयो । यदि तपाईहरुपनी शान्त, सुन्दर अनि रमणीय वातावरणमा रमाउदै, आफुले चाहेको परिकारका साथै मौलिक खानाको पारखी हुनुहुन्छ भनेपनी यो भिलेज तपाईको उत्कृष्ट गन्तव्य हुन सक्दछ ।

कुमाल  भिलेज हेर्नुहाेस्

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.