Gorkha Sansar

अबुवा कर्मसिङ टोल बिकास सस्था को अध्यक्ष मा पुन सुजन गर्तौला

गो न पा 13 मा रहेको अबुवा कर्मसिङ टोल बिकास सस्था को पहिलो साधारण सभा यहि मिति २०७७/०९/११ गतेको दिन सम्पन्न भयको छ । प्रमुख अतिथि गो न पा 13 वडा अध्यक्ष श्री हरि बहादुर खनाल को अतिथ्यता मा सम्पन्न साधारण सभा मा अतिथि वडा सदस्य श्री ओम बहादुर दर्लामि लगायत अन्य टोल का बुद्धिजीवी समाजसेवी महिला समुह बन समुह प्रतिनिधि को उपस्थित रहेको थियो । सो भेला ले पुरानो कार्यसमिति को काम कर्तब्य को मुल्यांकन गर्दै आगामि दिन मा सस्था र समाज प्रति उत्तरदायित्व भुमिका निर्बाह गरेको उच्च मुल्यांकन को साथ प्रम्शसा पत्र प्रदान गरेको छ । हाल सम्म को कार्यप्रगति बिबरण अध्यक्ष श्री सुजन गर्तौला ले पेश गर्नु भयको थियो साथै आर्थिक प्रतिबेदन श्री प्रकाश पाण्डे ज्यु ले आम भेला मा प्रस्तुत गर्नु भयको थियो । त्यस्तै  गरी  जेष्ठ नागारिक समाजसेवि को सम्मान श्री चन्द्र बहादुर गर्तौला लाई प्रदान गरेको छ । भेलाले पुन दोस्रो कार्यकाल को लागि अध्यक्ष पदमा श्री सुजन गर्तौला लाई सर्बसम्मत चयन गर्दै ९ सदस्य कार्य समिति र 3 सद्स्य सल्लाहकार समिति पनि गठन गरेको छ । जसकाे  उपाध्यक्षमा श्री किसान उप्रेति , सचिब श्री सुनिता शाह ,कोषाध्यक्ष श्री अनिल कैनि , सहसचिव प्रकास पाण्डे , सद्स्यमा भिम कुमारी शाह , पुरुषोत्तम घिमिरे , शन्कर कैनि , भगवति कैनि चयन गरेको छ भने  सल्लाहकार समिति संयोजक शान्तमणि कैनि ,सद्स्यमा बल बहादुर पन्थ , ईश्वर पन्थ सर्बसम्मत चयन भएका छन  । साथै नया कार्य समिति लाई आगामि कार्यकालको शुभकामना दिनु हुदै वडा प्रतिनिधि ले बिकास निर्माण को लागि सदैब साथ र सहयोग गर्ने बचन व्यक्त गर्नु भयको छ साथै आगामि दिन मा नया कार्य शैलि को साथ टोल को बिकास मा कार्ययोजना निर्माण गरि कार्यान्वन गर्ने अध्यक्ष सुजन गर्तौला ले प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रम समापन गर्नु भयको थियो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.