Gorkha Sansar

गाेरखामा रात्रीबस दुर्घटना

गोरखा : काठमाडौँबाट गोरखाबजार हुँदै सोती जाँदै गरेको रात्रीबस बुधबार बिहान दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन्।

ग १ ख ९४४६ नम्बरको रात्रीबस भीमसेन थापा गाउँपालिका ३ को मुरलीचोकमा दुर्घटना हुँदा पाँच जना घाइते भएका प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए।

घाइते हुनेहरुमा धार्चे ६ का ५० वर्षीय सुरमान घले, भीमसेन थापा गाउँपालिका ३ का २९ वर्षीय उत्तम पुडासैनी, ३० वर्षीय मनोज पुडासैनी र उज्वल पुडासैनी रहेका छन्। त्यस्तै धार्चे २ केरौँजाकी ३२ वर्षीया कान्छी गुरुङ रहेको प्रहरीले जनाएको छ। उनीहरुको टाउको र छात्तीमा चोट लागेको छ।

गम्भीर घाइते तीन जनालाई काठमाडौँ र दुई जनालाई गोरखा अस्पतालमा उपचारका लागि लगिएको प्रहरी निरीक्षक अधिकारीले बताए। बसमा करिब ४० जना सवार रहेको र अन्यको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।

चालक तोपमान तामाङ निदाएका कारण बस खसेको हुनसक्ने प्रारम्भिक अनुमान रहेको प्रहरीले बताएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.