Gorkha Sansar

उखुको भुक्तानी माग्दै काठमाडौंमा किसानहरुकाे प्रदर्शन

काठमाण्डौ, २९ मंसिर ।

उखुकाे भुक्तानी लिएर मात्रै फर्कने प्रतिबद्दतासहित किसानहरूले काठमाण्डाैमा प्रदर्शन जारी राखेका छन् ।

उखुको भुक्तानी माग्दै आज पनि किसानहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्। माइतीघर मण्डलामा उखु किसानहरुले गत वर्ष पुस १८ गते सरकारसँग भएको सम्झौता पालना हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन्।
उखुको भुक्तानी माग्न किसानहरु अस्ति काठमाडौं आइपुगेका थिए। किसानलाई राहत दिनुपर्ने सरकारले उखुको भुक्तानी पनि दिलाउन नसकेको भन्दै उनीहरुले गूनासो गरेका छन्। चिनी उद्योगीलाई बेचेको उखुको पैसा पाउनुपर्ने माग राख्दै २०७६ वैशाख ३१ यता मध्य मधेस र नवलपरासीका उखु किसान निरन्तर आन्दोलित छन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.