Gorkha Sansar

गरिमा बचत तथा ऋण सहकारीको नवौं बार्षिक साधारण सभा सम्पन्न ।।

आँबुखैरेनी, २० मंसिर ।
तनहुँको आँबुखैरेनीमा रहेको गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं बार्षिक साधारण सभा आज (शनिबार) सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विवेकमान श्रेष्ठको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाको प्रमुख आथित्यतामा सो साधारण सभा सम्पन्न भएको हो । माई छिम्केश्वरी पार्टी प्यालेसमा सम्पन्न साधारण सभामा संस्थाका उपाध्यक्ष भगवान श्रेष्ठले संस्थाको गत आर्थिक बर्ष ०७६÷०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुर्दै आर्थिक वर्ष ०७६÷०७७ मा संस्थाले रु. १३ लाख ८८ हजार ४ सय ६९ रुपैंया ८२ पैंसा मुनाफा गर्न सफल भएको जानकारी दिनुभएको छ । यस्तै, आर्थिक बर्ष ०७६÷०७७ सम्म, संस्थाको शेयर पूँजी १ करोेड १ लाख ६२ हजार १ सय रुपैंया, कूल निक्षेप रु. १० करोड ७ लाख ६१ हजार ९ सय ५९ रुपैंया ८० पैंसा र कर्जा लगानी रु. ८ करोड ११ लाख ३४ हजार ५ सय २१ रुपैंया २२ पैंसा रहेको बार्षिक प्रतिवेदनमा प्रस्तुत गरिएको छ । साधारण सभामा संस्थाका कोषाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, सचिव रामकृष्ण श्रेष्ठ, अडिटर भवदत्त शर्मा, सदस्य विनय श्रेष्ठ, सदस्य राजु थापा, सदस्य सुमन श्रेष्ठ, सदस्य राम विनय रौनियार, सदस्य पूर्णमाया श्रेष्ठ लगाएतको सहभागिता रहेको सहकारीका व्यवस्थापक सरोज पन्थले जानकारी दिनुभएको छ । यस सहकारीले स्थानीय स्तरको सामाजिक कार्यहरु जस्तै ः कला, संस्कृति, शिक्षा, साहित्य, खेलकुद क्षेत्रको विकासमा विभिन्न सहयोग गर्दै आइरहेको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.