Gorkha Sansar

तनहुँकाे डुम्रे बजार भाेलि देखि प्रतेक शनिबार बन्द रहने

तनहुँकाे डुम्रे बजार भाेलि देखि प्रतेक शनिबार बन्द रहने
लामो समय लकडाउनका कारण समस्यामा परे पछि सातै दिन खुला हुन थालेको तनहुँकाे डुम्रे बजार अब भने सातामा एक दिन बन्द हुने भएको छ ।
तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार एकाई समितिले अब साताको अन्तिम दिन शनिबार अनिवार्य बन्द गर्ने निर्णय गरेको छ ।
कोभिडका कारण समस्यामा परेकाले लामो समय सातै दिन खुले पनि अब नियमित बजार खुल्न थालेकाले शनिबार पहिलेझैं बजार बन्द गर्ने निर्णय गरिएको एकाईका सभापति नेक महम्मद मियाले जानकारी दिनुभयाे ।
एकाईले सार्वजनिक सूचना जारी गर्दै शनिबार बजार बन्द गर्नका लागि व्यवसायीमा आग्रह गरेको तउवा संघ डुम्रे बजार ईकाइका काेषाध्यक्ष सुभाष श्रेष्ठले जानकारी दिनुभयाे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.