Gorkha Sansar

धानकाे कुन्युमा अागाे लगाउनेलाई पहिचान गरी कडा कारबाही गर्न मेयरकाे निर्देशन

गाेरखा,                                                              गाेरखाकाे पालुङटार नगरपालिका का मेयर दिपकबाबु कंडेल ले धानकाे कुन्युमा अागाे लगाउनेकाे पहिचान गरी कडा कारबाही गर्न निर्देशन दिनुभएको छ । नगरपालिकाकाे वडा नं ७ पाेखरेली गाउँमा गत मंसिर ४ गते दिउँसो करिब २ बजेतिर बेलीमाया कुमालकाे अांगनमा रहेकाे कुन्युमा अागाे लागेकाे थियोे । घरमा काेही नभएकाे बेलाा अागलागी भएसंगै स्थानीय हरूले थाहा पाएर मुस्किलले अागाे नियन्त्रणमा लिएका थिए । जसबाट ३० मुरी बराबर धानमा क्षति पुगेकाे बताईएकाे छ ।                                     कुमालकै घरमा पुगी क्षतिकाे अबलोकन गरी मेयर कंडेल ले स्थानीय प्रहरी प्रशाशनलाई दाेषीकाे पहिचान गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिंदै नगरपालिका काे तर्फबाट क्षतिपूर्ति काे लागि पहल गर्ने बताउनु भयाे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.