Gorkha Sansar

हास्य कलाकार भारती सिंहको घरमा छापा, श्रीमान श्रीमती दुवै पक्राउ

भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले हास्य कलाकार भारती सिंहको घरमा छापा मा’रेको छ। भारतीय समाचार संस्था एएनआईका अनुसार एनसिबीले शनिबार बिहान उनको मुम्बईस्थित घरमा छापा मा’रेको हो।

उनको घरबाट केही मात्रामा औ’षधि पनि बरामद गरेको इन्डिया टुडेले स्रोतलाई उदृत गर्दै समाचार लेखेको छ। यद्यपि ती ‘ला ‘गुऔ’षध हुन् वा होइन भन्ने पुष्टि नभएको टुडेले जनाएको छ। शनिबार एनसीबीले भारतीको घरमा छापा मा’रेको थियो। खानतलासीका क्रममा उनको घरमा गाँ’जासमेत भेटिएको बताइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतीका श्रीमान् हर्षलाई एनसीबीले आफ्नै गाडीमा राखेर सोधपुछका लागि लगेको थियो। भारती भने पछि आफ्नै गाडीमा गएकी थिइन्।

भारतीले आफूलाई केवल सोधपुछको लागि बोलाइएको प्रतिक्रिया दिएकी छन्। भारती र हर्षमाथि ला’गुऔ’षध से’वन गर्ने गरेको आरोप छ। सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा ड्र ‘ग्स कनेक्सन देखिएपछि एनसीबीले अनुसन्धानलाई तीव्रता दिएको थियो। अनुसन्धानका क्रममा भारती र उनका श्रीमान् हर्षको नाम सार्वजनिक भएपछि एनसीबीले उनीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको देहत्याग पछि फिल्मी क्षेत्रमा यी कुरा प्रयोग हुने गरेको कुरा बाहिर आएका थिए। यही मुद्दामा एनसिबीले यसअघि कलाकार अर्जुन रामपाल र फिल्म निर्माता फिरोज नाडियावालको घरमा पनि छापा मा’रेको थियो। दुरूपयोग गरेको आरोपमा राजपुतकी पूर्व प्रेमिका रिया चक्रवर्तिलाई एनसिबीले सेप्तेम्बर ९ मा पक्राउ समेत गरेको थियो। झन्डै एक महिना हिरासतमा बसेपछि उनलाई जमानतमा छोडेको थियो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.