Gorkha Sansar

ताइवानको युद्धक विमान उडेको २ मिनेटमै बेपत्ता

एजेन्सी २, मङ्सिर ।

ताइवानको एफ–१६ युद्धक विमान मंगलबार उडेको केही बेरमै बेपत्ता बनेको छ। राडरको सम्पर्कमा उक्त विमान नभएको बताइएको छ।

यहाँको रक्षा मन्त्रालयका अनुसार मंगलबार स्थानीय समयअनुसार साँझा ६ बजेर ७ मिनेट जाँदा हुवालिएन एयर बेसबाट विमान रात्रिकालिन प्रशिक्षणका लागि उडेको थियो।

उडेको दुई मिनेटमै विमान वेपत्ता भएको बताइएको छ। एकमात्र पाइलट बस्न मिल्ने उक्त विमानमा पाइलट कर्णेल चियाङ चेङ ची समावेश थिए।

हाल चीनसँग ताइवानको विवाद बढ्दै गइरहेको छ। चीनले ताइवानलाई आक्रमण गरेर कब्जामा लिनसक्ने बताइरहँदा ताइवानले सैन्य शक्तिलाई मजबुत बनाउन सैन्य अभ्यास गरिरहेको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.