धार्चे गाउँपालिकाविरुद्ध पाँचदिनदेखि लगाएको नाकाबन्दी बारपाकीले खुलाएका छन् ।नाकाबन्दीले समस्याको समाधान नगर्ने भन्दै अबरोध हटाइदिएको स्थानीय युवा जीत घलेले जानकारी दिए ।‘धार्चे गाउँपालिकाले इपिसेण्टर तोडमोड गर्न खोज्यो भनेर बारपाक सुलिकोट गाउँपालिकाले विज्ञप्ति निकाल्यो । अब धार्चेबासीलाई नाकाबन्दी गर्नुपर्छ भनेर वडाअध्यक्षहरुको उक्साहटमा नाकाबन्दी भएको थियो’, घलेले भने, ‘दुवै पालिकाका प्रमुखहरु बसी छलफल गरी निचोड निकाल्नु पर्नेमा यत्तिका दिन बितिसक्दा पनि वार्ता गर्ने छाँटकाँटै देखिएन । त्यसैले आज दिउसो गाउँलेहरुले छलफल गर्दा नाकाबन्दी नै समस्याको समाधान होइन भन्ने निश्कर्ष निकाली बाटो खुलाइएको हो ।’नाकाबन्दी खुलाउन निरन्तर पहल भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘हामीले बाटो अबरुद्ध गरेदेखि नै स्थानीय प्रहरीचौकीका प्रहरीमार्फत अबरोध हटाउन पहल गरिरहेका थियौँ’, सहायक प्रजिअ देवी पाण्डे खत्रीले भनिन्, ‘आज बाटो खुल्यो भन्ने खबर आएको छ ।’यसअघि इपिसेण्टर तोडमोड गरेको, सीमा क्षेत्रको ढुंगा, काठ उत्खनन गरेको र सीमा क्षेत्रमा एकातर्फी निर्णयले पदमार्ग बनाएको बिरोधमा भन्दै बारपाकीले साइनबोर्ड राखी गत कात्तिक १९ गते सडक अबरुद्ध गरेका थिए ।
थप समाचार
-
मध्यरातमा दुर्गा प्रसाइ पक्राउ परेपछि काठमाण्डैामा तरंग
गोर्खा संसारNovember 18, 2025काठमाडौं । मंसिर ७ गतेदेखि अान्देालनको घेाषणा गरेका दुर्गा प्रसाइ अाज मध्यरातमा पक्राउ परेपछि काठमाण्डैामा यतिबेला तरंग पैदा भएको छ । गएराती प्रहरीले प्रसाइलाइ पक्राउ गरेकेा थिये... -
सिम्रिक एयरको हेलिकोप्टरबाट उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार
गोर्खा संसारNovember 13, 2025उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको छ । सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिका वडा नं. ६ ताजुबाट सुत्केरी महिला रिञ्जिन पाल्मो लामाको उद्धार गरिएको गाउँपालिकाको स... -
मेलम्ची समस्या समाधानको लागि कुलमानको प्रयास सफल
गोर्खा संसारNovember 12, 2025२६ कात्तिक, काठमाडौं । मेलम्चीबाट काठमाण्डैा ल्याइएको खानेपानी नै बन्द गराएर बिविध माग राखी अान्देालनमा उत्रिएका स्थानीयसँग छलफल गराइ समस्या समाधानकेा लागि कुलमानले गरेकेा प्रयास... -
जेनजी अान्दोलनका कारण बन्द केबलकार अाजदेखि पुनः सञ्चालनमा
गोर्खा संसारNovember 8, 2025कार्तिक २२, काठमाडौँ । गत भाद्र २३ र २४ गतेको जेन्जी अान्दोलनमा क्षति पुर्याइएपछि बन्द रहेको चन्द्रागिरी केबलकार अाजदेखि सञ्चालनमा अाएको छ । अान्दोलनका क्रममा गत भदैा २४ गतेका दि... -
रवि लामिछानेले दिए ७ घण्टा १५ मिनेट लामो बयानः ओली र लेखक बिवादमा
गोर्खा संसारNovember 6, 2025काठमाडौं । सहकारी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनबारे छानबिन गरिरहेको उच्चस्तरीय आयोग समक्ष करिब ७ घण्टा १५ मिनेट ... -
मोटरसाइकल दुर्घटनाका घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं रिफर
गोर्खा संसारNovember 6, 2025कार्तिक २०,मनाङ कार्तिक १९ गते दिउँसो माेटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका लामालाइ हेलीकाेप्टरमार्फत काठमाण्डाै पुर्याइएकाे छ । मनाङ नासो गाउँपालिका–०१ सिरानडाँडा स्थित ...
