तनहुँ । नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले शुरु गरेको सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि सहयोग आउनेक्रम जारी रहेको छ ।असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान’ भन्ने नाराका साथ सोसाइटीले यो अभियान थालेको हो । अभियानका कारण विभिन्न सङ्घसंस्था र व्यक्तिबाट सामुदायिक एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग जुट्न थालेको हो ।सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि दुग्ध उत्पादक सहकारी संस्थाबाट रु ५१ हजार सहयोग प्रदान गर्ने निर्णय गरेको छ । संस्थाको हालै बसेको बैठकले सहयोग गर्ने निर्णय गरेको सहकारीका व्यवस्थापक दयाराम शर्माले बताउनुभयो ।रेडक्रसले अगाडि सारेको मानवीय अभियानलाई अपनत्व प्रदान गर्दै संस्थाले सो निर्णय गरेको अध्यक्ष तुलसीराम सुवेदीले बताउनुभयो । त्यसैगरी सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि ब्यास–१० दुम्सीकोटका अञ्जु गिरी क्षेत्रीले रु ५० हजार ११५ सहयोग गरेको बताइएको छ ।उपशाखाका सभापति स्व शङ्कर गिरीका छोरा रमेश गिरीले रु १० हजार अर्थ सङ्कलन समितिका संयोजक ईश्वर पौडेललाई हस्तान्तरण गर्नुभएको छ । त्यसैगरी अभियानलाई व्यासनगरपालिका-१० दुम्सीचौर बस्ने पूर्णबहादुर दरैले आफ्ना बुबा मानबहादुर दरै तथा आमा शान्ति माया दरैको स्मृतिमा रु ११ हजार १११ प्रदान गर्नुभएको छ ।सो अभियानलाई व्यासनगरपालिका–१० दुम्सीस्थित शिवालय आमा समूहले रु एघार हजार १११ प्रदान गरेको छ । उक्त सहयोग रकम आमा समूहकी अध्यक्ष उषा थापाले उपशाखाका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभएको संस्थाका उपसभापति विष्णुप्रसाद अधिकारीले बताउनुभयो । त्यसैगरी उक्त उपशाखा सचिव एवं युवा रेडक्रस सर्कल चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक यमप्रसाद सापकोटाले रु पाँच हजार ५००, व्यासनगरपालिका-१० डिहीगाउँ निवासी नेत्रबहादुरले रु पाँच हजार ५५५ सहयोग गर्नुभएको छ ।
थप समाचार
-
शिक्षकहरूका लागि योग, ध्यान तथा तनाव व्यवस्थापन सम्बन्धी चार दिवसीय तालिम सम्पन्न
गोर्खा संसारFebruary 11, 2026गोर्खा, माघ २८ गते गोर्खाको पालुङटार नगरपालिका मा शिक्षकहरूका लागि योगदान तथा तनाव व्यवस्थापन सम्बन्धी चार दिवसीय तालिम केन्द्रमा सम्पन्न भएको छ। पालुङटार नगरपालिका स्वास्थ्य शाखाक... -
आँबुखैरेनी योग तथा खुसी समाजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
गोर्खा संसारFebruary 7, 2026आँबुखैरेनी, २४ माघ । आँबुखैरेनी योग तथा खुसी समाज, आँबुखैरेनी तनहुँको दोस्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाइ समितिको सभाहलमा आय... -
विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्ण ः राष्ट्रपति
गोर्खा संसारFebruary 4, 2026जापान ( टोकियो ) । राष्ट्रपति रामचन्द्र पाैडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गर्नुभएको छ । ज... -
आँबुखैरेनीमा निःशुल्क आँखा शिविर सम्पन्न, ८९ जनाको मोतियाबिन्दु शल्यक्रिया
गोर्खा संसारFebruary 3, 2026आँबुखैरेनी (तनहुँ) — आँबुखैरेनी गाउँपालिकाद्वारा नेपाल नेत्रज्योति संघ तथा भरतपुर आँखा अस्पताल, चितवनको सहकार्यमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। २०८२ साल माघ १३... -
राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र सम्मानित गर्दै सातौँ NCIFF समापन
गोर्खा संसारFebruary 2, 2026काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ) २०२६ काठमाडौँमा सम्पन्न भएको छ। माघ १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएक... -
नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न
गोर्खा संसारJanuary 18, 2026नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेशका प्...
