Gorkha Sansar

भूकम्पको इपिसेण्टर तोडमोड नगर्न अध्यक्ष भट्टकाे आग्रह

२०७२ सालको भूकम्पको पाँचबर्षपछि केन्द्रविन्दूको बिषयमा बारपाक सुलीकोट गाउँपालिका र धार्चे गाउँपालिका बीच विवाद सुरु भएको छ ।इपिसेण्टरको नाममा धार्चे गाउँपालिकाले बिभिन्न कार्यक्रमहरु गर्न थालेपछि बारपाक सुलीकोट गाउँपालिकाले विज्ञप्नि जारी गरी विरोध गरेको छ ।धार्चे गाउँपालिकाले वडा नं. ७ को चुङकङमा ‘इपिसेण्टर’ स्तम्भ निर्माण गर्‍यो । लाप्राकदेखि गुम्दाहुँदै चुङकङसम्म इपिसेण्टर एडेभेञ्चर टे्रकिङ ट्रेल, इपिसेण्टर साइकल ट्रेल निर्माण गरी गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालबाट उद्घाटन पनि गर्‍यो ।सो कार्यक्रमको भोलिपल्टै बारपाक सुलीकोट गाउँपालिकाले २०७२ सालको भूकम्पको इपिसेण्टर तोडमोड नगर्न आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले आइतबार एक विज्ञप्ति जारी गरी राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा स्थापित इपिसेण्टर बारपाक भएकाले यसको अवस्थिति तोडमोड नगर्न र इपिसेण्टरको नाममा विभिन्न गतिविधि नगर्न आग्रह गरेका छन् ।‘२०७२ सालको भूकम्पको केन्द्रविन्दू बारपाक रहेको बारे अन्तर्राष्ट्रिय स्तरमा नै स्थापित सत्य हो, आज कसैले तोडमोड गर्न खोजेर हुने कुरा होइन’, सो विज्ञप्तिमा भनिएको छ, ‘यसबारे भ्रम सिर्जना गर्न खोजेर कुनै अर्थ रहँदैन । इपिसेण्टरको अबस्थितिलाई नै बदल्ने गरी गलत परिभाषा र चिनारी गर्न तथा यस बारेमा भए गरेका अन्य गतिविधिबारे हाम्रो गम्भीर असहमति छ ।’ एकातर्फी रुपबाट इपिसेण्टर तोडमोड गरी अन्यत्र स्थापित गर्ने प्रयास नगर्न गाउँपालिकाको विज्ञप्तिमा भनिएको छ ।इपिसेण्टर रहेको ठाउँ आसपास रहेका बारपाक सुलीकोट, धार्चे र आरुघाट गाउँपालिकालाई जोडेर इपिसेण्टर टे्रल निर्माण गर्ने बारे गुरुयोजना निर्माण गर्ने तयारी भइरहेका बेला धार्चेले एकातर्फी रुपमा सो ट्रेल निर्माण गरेकोप्रति बारपाक सुलीकोट गाउँपालिकाले असहमति जनाएको छ ।
सो उद्घाटन कार्यक्रममा आफूलाई निम्त्याइएको भएपनि कार्यक्रम बारे विस्तृत जानकारी नदिइएकाले आफू सहभागी नभएको पनि विज्ञप्तिमा दाबी गरिएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.