Gorkha Sansar

भिटेनलाइ पक्राउ गर्न प्रहरीकाे अादेश, उनले मागे माफी अब के हाेला ???

र्याप गायक भिटेनकाे म्युजिक भिडियाेमा अपशब्द तथा अस्लिल शब्दहरु पनि प्रयोग भएकाे भन्दै प्रहरीले उनलाइ पक्राउ गर्न पत्र पठाएकाे छ भने र्यापर समिर घिसिङ (भिटेन)ले माफी माग्दै प्रेश बिज्ञप्ती निकालेका छन् । 
र्यापर समिर घिसिङ (भिटेन)ले ‘पारा’ टाइटलको गीतप्रति माफि मागेका हुन् । नयाँ म्युजिक भिडियो पारामा प्रयोग भएको शब्द र समग्र म्युजिक भिडियोले कतिपय निकाय तथा व्यक्तिलाई पुर्‍याएको असर प्रति क्षमा याचना गर्दै बिज्ञप्ति जारी गरेका छन् ।

भिटेनले कात्तिक ८ गते पारा बोलको म्युजिक भिडियो भिटेन म्युजिक नामका युट्युव च्यानल मार्फत अपलोड गरेका थिए । तर भिडियोमा प्रयोग भएका शब्दले प्रहरी निकाय तथा महिलामा आघात पुग्नुका साथै समाजमा बिकृति फैल्याउन सक्ने प्रहरीमा गुनासो पुगेको थियो ।

गीतमा अपशब्द तथा अस्लिल शब्दहरु पनि प्रयोग भएका थिए । त्यसपछि प्रहरी प्रधान कार्यालयले गायक देखि भिडियो निर्मातासम्मलाई अनुशन्धानका लागि पक्राउ गर्न साइबर ब्युरोलाई पत्र पठाएको थियो ।

अनुशन्धानका लागि पक्राउ गर्न पत्र पठाए लगत्तै भिटेनले सो गीत युट्युवबाट हटाएका थिए । भिडियो युट्युबमा ५ दिनमै दशलाख भन्दा बढीपटक हेरिएको बताइएकाे छ ।

भिटेनलले सो गीतलाई परिमार्जन गरेर पुन युट्युबमा अपलोड गर्ने बिज्ञप्ति मार्फत बताएका छन् । उनले यसअघिको म्युजिक भिडियोलाई अनाधिकृत रुपमा कसैले युट्युबमा अपलोड नगर्न आग्रह गरेका छन् ।

बिज्ञप्ति

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.