Gorkha Sansar

चिन्दै नचिनेकी एक महिलाले मासिक ५ हजार पठाउँछु भनेपछि ………

लण्डन-
महाबीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई अाफ्नाे तलबबाट हरेक महिना ५ हजार रूपैयाँ पठाउने भनेर एक्कासी खबर अाएपछि पुन कन्फ्युजमा परेका छन् । 
कास्की घर भइ बेलायतमा बस्दै आएकी इशा गुरुङ्गले महिनाको ५ हजार तलब महाबीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गर्ने घोषणा गरेकी हुन् ।उनले उक्त सहयोग आफूले सक्ने बेलासम्म केन्द्रलाई सहयोग गर्ने समेत घोषणा गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत साे कुराकाे जानकारी गराएकी हुन ।

त्यस्तै एक अर्की महिलाले जापानबाट मासिक १० हजार रूपैयाँका दरले पठाएर जम्मा गरिरहेकी र उनले ५ बर्षपछि नेपाल अाएर साेही रकमबाट केही काम गर्ने याेजना रहेकाे बताएर पैसा पठाउन थालेकाे पुनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

इशा गुरूङले फेसबुक वालमा यस्ताे लेखेकी छन ः 

‘अब अर्कों महिना देखी आएको तलब बाँट प्रत्येक महिना रू ५ हज़ार महाबीर पुन दाइको अविस्कार केन्द्रमा लगाउने भएँ’, उनले भनिन्, ‘जति बेला सम्म काम गर्छु त्यति बेला सम्म सहयोग गर्छु ।’

उनले यसअघि पनि केन्द्रलाई १३ लाख संकलन गरेर दिएको बताएकी छन् । त्यस्तै सामाजिक अभियानमा लागेकी उनले विभिन्न बिरामी तथा असहायहरुको लागि लाखौँ संकलन गरेर सहयोग गर्दै आएकी थिइन् । ‘हाल सम्म १० हज़ार देखि ५ लाख सम्म नगद व्यक्तिगत सहयोग गर्दै आएको थिए, अभियानमा संकलन गरेका रकमहरूको त के कुरा गरौँ र’, उनले भनेकी छन्, ‘यो निर्णयमा म अटल रहनेछु ।’

उनले अन्य बिरामीहरूलाइ जति सहयोग गरे पनि समस्याको समाधान नदेखिएको भन्दै राष्ट्रीय अविस्कार केन्द्र मार्फ़त देशलाइ विकास र समृद्ध बनाउनमा मद्दत ज़रूरी रहेको बताइन् ।

महाबीर पुनले फेसबुक वालमा यसरी लेखेका छन् । 

बिदेशमा काम गर्नु हुनेहरुले यसो गरे पनि होला कि जस्तो लाग्यो | पढ्नु होस् त |
जापानमा काम गर्ने एक जना बहिनीले मलाई नै बैंक बनाएकी छिन | बिगत तिन महिना देखि मेरो नाममा प्रतिमहिना १० हजार जति पठाई रहेकी छिन | अहिले सम्म जम्मा ३२ हजार १ सय ६० रुपैंया पठाईन | उनको भनाई यस प्रकार छ |
“जापानमा बसुन्जेल महिनाको कम्तिमा १० हजार रुपैया हजुरको नाममा पठाउँछु र त्यसलाई तपाइंले जम्मा गरि दिनु होला | ५ बर्ष पछि नेपालमा फर्केर त्यो पैसाले केहि काम गर्नु पर्ला भनेकी छु | मैले यहाँ जापानमा नै पैसा संकलन गर्ने प्रयास गरेको हो तर मेरो हात नै खराब भएकोले यहा पैसा बचाउन सकिन | भोली फेरी २/४ पैसाको लागी हामी जस्तो युवाले देश छोड्नु नपरोस् भन्ने मेरो विचार हो |”
चिन्दै नचिनेको मान्छेले साह्रै विश्वास गरेर पैसा पठाए पछि नपठाउ भन्न मिलेन | “ल ल तिम्रो पैसा बैंकमा जम्मा गरि दिन्छु” भनेको छु | यो घटनाले मेरो दिमागमा एउटा विचार फुरेको जस्तो लागेको छ | यसरी बिदेशमा बस्ने १ हजार जना नेपालीहरुले प्रति व्यक्ति प्रति महिना १० हजारको दरले पैसा जम्मा गर्ने हो भने एक महिनामा १ करोड रुपैंया जम्मा हुने रहेछ | अनि १ हजार जनाले प्रति व्यक्ति प्रति महिना ५ हजार रुपैंयाको दरले जम्मा गर्ने हो भने एक महिनामा ५० लाख जम्मा हुने रहेछ | यसरी धेरै जनाले थोरै थोरै पैसा जम्मा गरेर कुनै राम्रो उद्योग वा ब्यबसायमा लगानी गर्ने हो भने त नेपालमा रोजगारीको पनि सृजना हुने र देशको आर्थिक बिकास पनि होला जस्तो देखियो | साथै थोपा थोपाले समुन्द्र भरिने जस्तो पनि देखियो | यो मेरो बिचार मात्र हो किन भने यस्तो कुरा मैले यो भन्दा अगाढी सोचेको थिएन | तपाइहरुलाई यो सोच कस्तो लाग्यो, सच्चा हृदयले कमेन्ट गर्नु होला |
धन्यबाद ???

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.