Gorkha Sansar

भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवाणे यही कात्तिक १९ गते नेपाल आउँदै

काठमाडौं- भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवाणे यही कात्तिक १९ गते नेपाल आउँदैछन्।

प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा चार सदस्यीय भ्रमण दलकासाथ नेपाल नेपाल आउन लागेको नेपाली सेनाले जनाएको छ।

भारतीय सेनाध्यक्ष नरवाणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछिन्।

तीन दिवसीय भ्रमणका दौरान नरवाणेले सैनिक मञ्चको विर स्मारकमा श्रद्दाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा आफ्ना समकक्षी पूर्णचन्द्र थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

उनले प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग समेत औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको जंगी अड्डाले जनाएको छ।

www.gorkhasandesh.com

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.