Gorkha Sansar

भूकम्पपछि गाेरखाका नीजि आवास पुर्ननिर्माणमा १८ अर्ब ,२१ कराेड, ६२ लाख, ५० हजार लगानी

असाेज १८, गाेरखा । 

२०७२ बैशाख १२ र २९ गते गएकाे भूकम्प पछि नीजि आवास पुननिर्माणका काममा गाेरखामा अहिले सम्म १८ अर्ब २१ कराेड ६२ लाख ५० हजार रुपैयाँ खर्च भएकाे अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय (जिमाली) प्रमुख रामशरण आचार्यले बताए ।

उक्त रकम मध्ये   ६७ हजार आठ सय १० जनाले पहिलो किस्ताका लागि तीन अर्व ३९ कराेड, ५० लाख लगेका छन् । दाेश्राे किस्ता ६० हजार सात सय ८३ जनाले नाै अर्व ११ कराेड, ७४ लाख ५० हजार  र तेस्राे किस्ताका लागि ५७ हजार ८३ जनाले पाँच अर्व ,७० कराेड ८३ लाख रकम लगेका हुन् ।

दुई हजार ७९ जना लाभग्राहिले भने अहिलेसम्म अनुदान सम्झौता नै गरेका छैनन्। कतिपयले जग्गा नभएका कारण सम्झाैता गर्न सकेका छैनन भने कतिपयले भने नीजि आवास पुननिर्माणका लागि दिइने तीन लाखमा घर बनाउन नसक्ने अवस्था भएका कारण सम्झाैता गरेका छैनन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.