Gorkha Sansar

सामाजिक सुरक्षा भत्ताको लागि प्रभुमा खाता खोल्नुपर्ने, वडा कार्यालयमै बैंक खाता खोलिने

गोरखा संसार
१४ असोज, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ ले आ.ब. २०७७÷०७८ देखि सामाजिक सुरक्षा भत्ता प्रभु बैंकको डुम्रे शाखाबाट बितरण गर्ने भएको छ । सोको लागि सम्पूर्ण नागरिकहरुको खाता खोल्न बैंकका कर्मचारी वडा कार्यालयमै आएर खाता खोलिदिने भएको छ ।
खाता खोल्नको लागि सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिहरु आवश्यक कागजपत्रहरु लिई वडा कार्यालयमा आउनुपर्ने वडा कार्यालयले जनाएको छ । यस अघि अर्को बैंकमार्फत सामाजिक सुरक्षा बितरण भइरहेको भएपनि अवदेखि सामाजिक सुरक्षा भत्ताको कारोबार प्रभु बैंकको डुम्रे शाखाबाट गरिने वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले बताउनुभयो । वडाबाहिर बसोबास गरिरहेका र यस वडमार्फत सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिहरुले पनि प्रभु बैंकको जुनसुकै शाखामा सामाजिक सुरक्षा खाता खोली वडा कार्यालयमा उपलब्ध गराउन समेत वडा कार्यालयले सूचित गरेको छ ।

खाता खोल्नको लागि आवश्यक पर्ने कागजातहरुको सूची

१, सम्मन्धित व्यक्ति (खातावाला) को नागरिकताको २ प्रति फोटो, भत्ता पट्टाको फोटोकपी र ३ प्रति फोटो
२, हकवालाको नागरिकताको फोटोकपी र १ प्रति फोटो
३, अति असक्तको लागि संरक्षकको नागरिकताको फोटोकपी २ प्रति साथै वडाको सिफारिस
४, बच्चाको लागि बच्चाको जन्मदर्ताको फोटोकपी र संरक्षकको नागरिकताको फोटोकपी र २ प्रति फोटो
५, अपाङ्गको हकमा अपाङ्गता परिचयपत्र तथा अति अशक्तको लागि वडाको सिफारिस

खाता खोल्नको लागि कसले कहिले सम्पर्क गर्ने ?

साविक च्याङ्ली गा.वि.स वडा नं.६ का व्यक्तिहरुले २०७७ असोज १५ गते वडा कार्यालय भवनमा

साविक च्याङ्ली गा.वि.स वडा नं ५का व्यक्तिहरुले २०७७ असोज १६ गते वडा कार्यालय भवनमा
साविक च्याङ्ली गा.वि.स वडा नं.९ का व्यक्तिहरुले २०७७ असोज १७ गते वडा कार्यालय भवनमा
साविक च्याङ्ली गा.वि.स वडा नं.७ का व्यक्तिहरुले २०७७ असोज १८ गते वडा कार्यालय भवनमा
साविक च्याङ्ली गा.वि.स वडा नं.८ का व्यक्तिहरुले २०७७ असोज १९ गते वडा कार्यालय भवनमा
साविक च्याङ्ली गा.वि.स वडा नं.४ का व्यक्तिहरुले २०७७ असोज २० गते वडा कार्यालय भवनमा
छुट भएका सबै व्यक्तिहरुले २०७७ असोज २१ गते वडा कार्यालय भवनमा
डा नं.८ का व्यक्तिहरुले २०७७ असोज १९ गते वडा कार्यालय भवनमा
साविक च्याङ्ली गा.वि.स वडा नं.४ का व्यक्तिहरुले २०७७ असोज २० गते वडा कार्यालय भवनमा
छुट भएका सबै व्यक्तिहरुले २०७७ असोज २१ गते वडा कार्यालय भवनमा

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.