Gorkha Sansar

पहिलाेपटक काेराेना भ्याक्सिन लगाउने नेपाली , काे हुन उनी?

काठमाडौं :  हाल रुसमा रहेका एक जना नेपालीले कोरोना भाइरसविरुद्धको खोप लिएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीले मस्कोमा कार्यरत ६१ वर्षीय डा महेश श्रेष्ठले शनिबार कोराना भाइरसविरुद्धको खोप लिएको जानकारी दिए। सामाजिक सञ्जाल फेसबुकमार्फत केसीले सल्यान पुर्खौली घर भएका श्रेष्ठले रसियन सरकारद्धारा पहिलो चरणमा ३० हजार जनालाई खोप दिने मध्येका एक हुन्। डा केसीकाअनुसार उनी लक्की ड्र मार्फत छानिएका हुन्। श्रेष्ठलाई कोरोना भ्याक्सिन दिन भन्दा पहिला उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो। उपाध्यक्ष केसीले कोरोना भाइरसविरुद्ध पहिलो भ्याक्सिन लिएकोमा खुशी व्यक्त गर्दै श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.