Gorkha Sansar

आँबुखैरेनीको डुम्रीडाँडामा शनिबार संविधान दिवस र राष्ट्रिय दिवस हर्षोउल्लासका साथ मनाईयो ।।

 

आँबुखैरेनी, ३ असोज

तनहुँको आँबुखैरेनी गाउँपालिका–१, डुम्रीडाँडा स्थित दृष्टि युवा क्लब र बाल ज्योति बाल क्लबको संयुक्त आयोजनामा शनिबार संविधान दिवस र राष्ट्रिय दिवस हर्षोउल्लासका साथ मनाईएको छ । दृष्टि युवा क्लबका अध्यक्ष पवन नेपालीको अध्यक्षतामा सामुदायिक भवनको प्राङ्गणमा आयोजित कार्यक्रममा दुई क्लबका सदस्यहरुबीच दिउँसो नेपालको झण्डा फहराएर र साझमा दीप प्रज्वलन गरीे हर्षोउल्लासका साथ संविधान दिवस र राष्ट्रिय दिवसको शुभकामना आदान प्रदान गरी मनाईएको हो । “नेपाली जनमा नेपाली हुनुको थप गौरव यस संविधानले ल्याउन सकोस, यस भूमिमा अवसर र समृद्धिको लहर ल्याउने संयन्त्र कायम होस, कुनै दल या समुदाय भन्दा पनि समग्र नेपाली पनको रातो र निलो छाताभित्र सबैजना अटाउन सकौं, विधिको शासन होस, विधि अनि न्याय सरोवर होस ” भन्ने अपेक्षा सहित स्थानीय दृष्टि युवा क्लब र बाल क्लबले संयुक्त रुपमा संविधान दिवस र राष्ट्रिय दिवस हर्षोउल्लासका साथ मनाएको क्लबका सचिव मनोज बास्तोलाले जानकारी दिनुभयो । शनिबार साँझ गरिएको दीप प्रज्वलन कार्यक्रममा युवा क्लका अध्यक्ष पवन नेपाली, सचिव मनोज वास्तोला, कोषाध्यक्ष राम शरण मिश्र, सदस्य पुकार किरण सुनाम, सरस्वती नेपाली, बाल क्लबका अध्यक्ष आकृती सुनाम लगाएतकाले मन्तव्य राखेका थिए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.