Gorkha Sansar

जुम भेला मार्फत प्रविधिमैत्री शिक्षक समाज तनहुँ जिल्ला समन्वय समिति पुर्नगठन ।।

तनहुँ, ३ असोज ।

जुम भेला मार्फत प्रविधिमैत्री शिक्षक समाज तनहुँ जिल्ला समन्वय समिति पुर्नगठन गरिएको छ । प्रविधिमैत्री शिक्षक समाज तनहुँ जिल्ला समन्वय समितीका संयोजक राजीव श्रेष्ठको अध्यक्षतामा बसेको विशेष जुम भेलाले प्रविधिमैत्री शिक्षक समाज तनहुँ जिल्ला समन्वय समिति पुर्नगठन गरेको हो । प्रविधिमैत्री शिक्षक समाज केन्द्रीय प्राविधिक समिति सदस्य तथा प्रविधिमैत्री शिक्षक समाज गण्डकी प्रदेश सहसचिव श्रीकृष्ण आचार्यको प्रमुख आतिथ्यतामा सञ्चालित जुम भेलामा जिल्लाका २५ जना सक्रिय सदस्यहरूको उपस्थिति रहेको थियो । भेलाले सर्वसम्मतबाट समितीका संयोजक एवंम महेन्द्र मावि म्याग्दे गाउँपालिका–१, का शिक्षक राजीव श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय प्रविधिमैत्री शिक्षक समाज तनहुँ जिल्ला समन्वय समिती पुर्नगठन गरिएको छ । समितीको उपाध्यक्षमा प्रभात मावि भानु नगरपालिका–६, का शिक्षक अग्नि प्रसाद ढकाल, महिला उपाध्यक्षमा हंश वाहिनी मावि शुक्लागण्डकी नगरपालिका–२, की शिक्षिका यशोदा तिवारी, रामशाह मावि आँबुखैरेनी–३, का शिक्षक राजेश सुनाम, कोषाध्यक्षमा क्यामिन मावि व्यास नगरपालिका–७, की शिक्षिका रुपा घिमिरे रहनुभएको छ । त्यसैगरी, समितीको सदस्यहरुमा मिन मावि म्याग्दे गाउँपालिका प्रतिनिधी केशवराज घिमिरे, रामशाह मावि आँबुखैरेनी गाउँपालिका प्रतिनिधी पम्फा श्रेष्ठ, सरस्वती सदन मावि भानु नगरपालिका प्रतिनिधी कृष्ण महत, जनजागृती गंगा मावि व्यास नगरपालिका प्रतिनिधी तेजु वाग्ले, भानु मावि बन्दिपुर गाउँपालिका प्रतिनिधी रामप्रसाद सुवेदी, राजपुर मावि राईपुर शुक्लागण्डकी नगरपालिका प्रतिनिधी अन्जना शर्मा लगाएत रहनुभएको समितीका सचिव एवंम रामशाह मावि आँबुखैरेनीका शिक्षक राजेश सुनामले जनाकारी दिनुभयो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.