Gorkha Sansar

मुग्लिन पुलजीपबाट लागुऔषध सहित चार जना पक्राउ

आँबुखैरेनी, २ असोज
तनहुँको ऑबुखैरेनी गाउँपालिका ४ मुग्लिन पुलजीपबाट प्रहरीले लागुऔषध गाँजा सहित बिहीबार चार जनालाई पक्राउ गरेका छन् । मुग्लिङबाट ऑबुखैरेनीतर्फ पैदल आउँदै गरेका चार जनालाई इलाका प्रहरी कार्यालय ऑबुखैरेनीको पुलजीपमा खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्वत घर भई हाल पोखरा सिर्जनाचोक बस्ने १८ वर्षीय कुशल सुनार, स्याङ्जा घर भई हाल सोही ठाउँ बस्ने वर्ष २८ को रोशन गुरुङ, गोरखा घर भई हाल सोही ठाउँ बस्ने १९ वर्षीया पूजा गुरुङ र कास्कीको पोखरा महानगरपालिका(८ बस्ने ३९ वर्षीय सुरज विश्वकर्मा रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
प्रहरीले निजहरुको साथबाट ३ हजार २ सय ४० ग्राम गाँजा बरामद गरेको छ ।

इच्छाकामना न्युजबाट

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.