आँबुखैरेनी, २९ भदौं । तनहुँको आँबुखैरेनीमा रहेको माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दिवंगत हुनु भएका दुई शेयरका सदस्य परिवारलाई आज राहत रकम सहयोग गरेको छ । दोस्रो बार्षिक उत्सव तथा सफलतापूर्वक तेस्रो बर्षमा प्रवेश गरेको सु–अवसर सहकारीको हलमा एक कार्यक्रमकाबीच यस वर्ष दिवंगत हुनु भएका दुई शेयर सदस्यका परिवारलाई जनही २५ हजार रुपैंयाका दरले राहत रकम सहयोग गरिएको हो । सिद्धि गणेश टोल सुधार समितिका अध्यक्ष गणेश कुमार श्रेष्ठ र प्रगती मार्ग टोल सुधार समितिका अध्यक्ष लाल बहादुर थापा मार्फत संस्थाका सदस्यद्वय स्वर्गीय चन्द्र बहादुर थापा र स्वर्गीय भक्त माया थापाको परिवारलाई सो राहत रकम आजै हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष रत्नकुमार श्रेष्ठले जानकारी दिनुभयो । सो अवसरमा संस्थाले आर्थिक वर्ष ०७६÷०७७ मा २१ करोडको कारोबार गर्न सफल भएको संस्थाका कोषाध्यक्ष प्रकाश अधिकारीले उल्लेख गर्नुभएको थियो । साथै, संस्थाको अधिकृत पूँजी बृद्धि भएर २ करोड २३ लाख पुगेको सहकारीले जनाएको छ ।
थप समाचार
-
बन्दीपुर–केशवटारमा ‘होमस्टे सर्किट’ अभियान सुरु: ग्रामीण पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य
गोर्खा संसारMarch 29, 2026चैत १४, बन्दीपुर। तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाले ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘होमस्टे सर्किट प्रवर्द्धन’ कार्यक्रम सुरु गरेका छन्। शनि... -
ईदकै दिन लोकसेवा परीक्षा राखिएकोप्रति अन्सारीको आपत्ति, धार्मिक अधिकारको सम्मान गर्न सरकारलाई आग्रह
गोर्खा संसारMarch 21, 2026काठमाडौं । मुस्लिम समुदायको महान पर्व ईद उल फित्रकै दिन मधेश प्रदेश लोकसेवा आयोगले परीक्षा तय गरेको विषयलाई लिएर पूर्वगृह राज्यमन्त्री एवं नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मो.... -
दुई दिने रैथाने खाना महोत्सव सकियो
गोर्खा संसारMarch 17, 2026दुलेगौंडा, ३ चैत । शुक्लागण्डकीमा आयोजित रैथाने खाना महोत्सव–२०८२ सम्पन्न भयो । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्लागण्डकीले शुनपा–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्या... -
विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्ण ः राष्ट्रपति
गोर्खा संसारFebruary 4, 2026जापान ( टोकियो ) । राष्ट्रपति रामचन्द्र पाैडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गर्नुभएको छ । ज... -
राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र सम्मानित गर्दै सातौँ NCIFF समापन
गोर्खा संसारFebruary 2, 2026काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ) २०२६ काठमाडौँमा सम्पन्न भएको छ। माघ १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएक... -
नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न
गोर्खा संसारJanuary 18, 2026नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेशका प्...
