Gorkha Sansar

गोरखामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

गोरखा, २२ भाद्र
गोरखाको थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा आज (सोमबार) थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
संक्रमितमध्ये सबैभन्दा धेरै गोरखा नगरपालिका वडा नम्बर ७ को ६ जना महिला छ जना पुरुष सहित १२ जना रहेका छन् । गोरखा नगरपालिका वडा नम्बर ८ का एक पूरुष छन् । बाँकी तीन जना संक्रमितको भने वडा नखुलेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यस्तै पालुङटार नगरपालिकामा एक महिला र एक पुरुष गरी दुई जनालाई संक्रमण पुष्टि भएको छ।
थपिएको संक्रमितहरु सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा परिक्षण गरिएकाहरु भएको पनि निर्देशनालयले जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.