Gorkha Sansar

गाेरखामा अाइतबार १२ जनामा काेराेना पुष्टि

गोरखा १४, भदौं । गोरखा जिल्लामा कन्ट्रयाक्ट ट्रेसिङ गरिएका १० जना सहित आइतबार एकैदिन १२ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गोरखा नगरपालिका वडा नम्बर १३ स्थित देउरालीका संक्रमित व्यक्तिको सम्पर्कमा रहेकाहरुको कन्ट्रयाक्ट ट्रेसिङपछि गरिएको पिसिआर परीक्षणका क्रममा १० जनामा संक्रमणको भेटिएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानले जानकारी दिनुभयो ।

त्यस्तै वडा नम्बर १० को छेवेटारमा नमुना परीक्षणका लागी स्वांब कोरोना परीक्षणका लागि पठाइएको मध्ये १ जनामा संक्रमणको पुष्टी भएको उहाँले बताउनुभयो ।‘छेवेटाराका संक्रमण पुष्टी भएका व्यक्ति ¥यान्डम परीक्षणका लागि स्वांब संकलन गरिएका मध्येका एक हुनुहुन्छ, उहाँले भन्नुभयो, देउरालीका सवै जना जना भने कन्ट्रयाक्ट टे«सिङमा स्वांब लिएकाहरु हुनुहुन्छ ।’

नुमना परीक्षणका लागि स्वांब संकलन गरिएका व्यक्तिमा समेत कोरोना भेटिएपछि गोरखामा संक्रमणको जोखिम बढेको उच्च रहेकोे पुष्टी भएको छ । यसअघि आइतबार नै गोरखा नगरपालिका–८ रानीवनका एक पुरुपमा पनि कोरोना संक्रमणको पुष्टी भएको थियो । थप बिबरण भने प्राप्त हुन बाँकी रहेको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.