Gorkha Sansar

राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको तलब बढेर आउने

राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको तलब बढेर आउने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले २०१९ का लागि खेलाडीहरुले यसअघि पाउँदै आएको तलबमा १० हजार रुपैयाँ बढाएर दिन गरेको प्रस्तावलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले स्वीकृत गरेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए।

अब ए ग्रेडमा हुने खेलाडीले ४५ हजार, बी ग्रेडका खेलाडीले ३५ र सी ग्रेडका खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन्। खेलाडीको तलब सम्भवतः यो हप्ता नै तलब आउनेछ।

यसअघि ए ग्रेडका खेलाडीले ३५, बी ग्रेडका खेलाडीले २५ र सी ग्रेडका खेलाडीले १५ हजार रुपैयाँ पाउँदै आएका थिए।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.